Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४२:२६ बिहान
- ADVERTISEMENT -

प्रधामन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २७० को आवेदन

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

791
Shares

काठमाडौं, २४ बैशाख २०७६ । काठमाडौँ महानगपालिकामा प्रधामन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत २७० को आवेदन परेको छ । महानगरले आयोजना गरेको ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम र कामपाको आर्थिक वर्ष २०७६/७७ को बजेट’ विषयक अन्तरक्रिया कार्यक्रममा वडा नं १ देखि २७ वडा सम्मका २७० ले उक्त आवेदन फारम भरेका जानकारी गराएको हो ।

महानगरका ३२ वडामा वडा नं २८, २९, ३०, ३१ र ३२ वडाबाट भने एउटा पनि आवेदन नपरेको महानगरले जनाएको छ । उक्त कार्यक्रम गत फागुन १ गते प्रधानमन्त्रीले उद्घाटन गर्नुभएको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो पटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहने भन्दै उनले निजी क्षेत्रसँगको सहकार्यमा यो कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखे ।

महानगरका उपप्रमुख हरिप्रभा खड्गीले सरकारको पहिलो कार्यक्रम भएकाले धेरै नागरिकलाई यसबारे थाहा नभएको र जानकारी दिनकै लागि सोही अनुरुपको कार्यक्रम सञ्चालनमा ल्याउनुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले महानगरमा हालसम्म प्राप्त भएको सङ्ख्या अत्यन्तै कम रहेको उल्लेख गर्दै छुटेकाहरुलाई समावेश गर्नका लागि पुनः म्याद थप गर्नुपर्ने बताए ।

उक्त कार्यक्रममा फारम भर्न यसै वैशाख मसान्तसम्मको समयावधि रहेको छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने छ । एक आर्थिक वर्षमा न्यूनतम सय दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका सदस्य कोही पनि रोजगारी नभएका, परिवारका कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यसका लागि आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -