नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गबठन्धनबाट बाहिरिने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको उनले टिप्पणी गरे ।
नेपालले नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे ।
राजनीतिक स्थायित्व देशलाई चाहिएको उनको भनाई छ । उनले राजनीतिक स्थायित्व देश परिवर्तन, विकासका लागि चाहिएको बताए ।
देश विकासका लागि सामाजिक न्याय, समानता, उत्पादन, रोजगारी प्रवद्र्धन, राष्ट्रिय पुँजीको विकासमा जोड दिनुपर्ने नेपालको भनाई छ ।








































