Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०५:१२ बिहान
- ADVERTISEMENT -

कांग्रेसको जागरण अभियानको तयारी

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

1043
Shares

काठमाडौं, २३ बैशाख २०७६ । नेपाली कांग्रेसले आगामी बुधबार (२५ वैशाख)देखि शुरु गर्न लागेको जागरण अभियानबारे थप जानकारी गराएको छ । पार्टी केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ तीन चरणमा हुन लागेको छ ।

प्रवक्ता शर्माका अनुसार वैशाख २ देखि जेठ २५ सम्मको अवधिलाई प्रथम चरण मानिने छ भने भदौ २४ (बीपी जयन्ती) देखि असोज १० गते सम्म अभियानको दोस्रो चरण हुनेछ । यस्तै, आगामी पुष ७ देखि १६ गते (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस)सम्म तेस्रो चरणका कार्यक्रमहरू आयोजना गरिने छन् ।

नेपाली राजनीतिमा एकै स्वरुपको प्रथम कार्यक्रमका रुपमा अभियान प्रारम्भ गर्न लागिएको शर्माले बताए । एक अभियान तर पन्ध्र उद्देश्य रहेको उल्लेख गर्दै उनले स्वदेशसँगै विदेशका ३३ देशमा अभियान सञ्चालन गर्न लागिएको बताए ।

थप प्रष्ट्याउँदै काङ्ग्रेस प्रवक्ता शर्माले ७७ जिल्लामा एकसाथ उदघाटन गरिने, भिन्न भ्रातृ संस्था भिन्न मुद्दाका कार्यक्रम रहने, औपचारिक सभाको आसन ग्रहणमा परम्परागत शैलीको अन्त्य गरिने, स्वागत र विसर्जन बाहेक केवल तीन वक्ताले सम्बोधन गर्ने जसमा विषय प्रवेशबारे एक वक्ता, त्यसपछि अनिवार्य व्यवस्था गरिएअनुसार महिला वक्ताको मन्तव्य र प्रमुख अतिथिको मन्तव्य रहने जानकारी दिए ।

कार्यक्रमको मूल व्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै डिजाइनको रहने उल्लेख गर्दै उनले अतिथि या वक्ताहरूलाई व्याज वितरण पनि नगरिने बताए । यसैगरी किलोका किलो फूलको माला लगाइदिने परम्परा पनि काङ्ग्रेसले तोड्न लागेको शर्माको भनाई छ ।

जागरण अभियानमा १२ भाषामा जागरण गीत गाइने छ, जसमा मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली भाषा रहने छन् । वैशाख २५ गते अलग–अलग प्रदेशका जिल्लामा काङ्ग्रेसका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रवक्ता शर्माले प्रशिक्षण प्रतिष्ठानको जागरणकेन्द्रित सक्रियता उल्लेख गर्दै यस बीचमा पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको गठन, सपथ ग्रहण र दुईदिने बैठकमार्फत जागरण अभियानलाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमहरुको प्याकेज घोषणा गरिएको पनि बताए ।

यस्तै, अनुशासन समितिको जागरणकेन्द्रित सतर्कतामाथि पनि उनले प्रकाश पारे । पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले जागरण अभियानलाई अनुशासित र व्यवस्थित बनाउने उद्देश्यका साथ पार्टी हितविपरीतका गतिविधि कोहीबाट पनि र कहीँ पनि नहुन् भन्ने अभिप्रायका साथ व्यवस्था मिलाइएको बताए ।

जिल्ला सम्पर्क समितिहरूको जागरणकेन्द्रित भेला र पहलकदमी बारे उल्लेख गर्दै उनले काठमाडौँमा रहेका ५१ जिल्ला सम्पर्क समितिको भेला पार्टी केन्द्रीय कार्यालयको संयोजनमा केन्द्रीय कार्यालयमा भएको बताए । उक्त भेलाले अभियानलाई तीव्रता दिन महत्वपूर्ण प्रस्तावहरु पारित गरेको खलासा पनि उनले गरे ।

केन्द्रीय समितिमा रहेका सांसदहरुलाई चलिरहेको संसद अधिवेशनमा बढी क्रियाशील राख्न जिल्लामा प्रतिनिधिका रुपमा पठाउने पूर्वनिर्णय परिवर्तन गरिएको जानकारी पनि उनले दिए

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -