Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३३:२४ दिउँसो
- ADVERTISEMENT -

कर्णालीमा मन्त्रिपरिषद विस्तार हुँदै, भोलि विश्वासको मत

प्रकाशित मिति: २०८१ वैशाख १२, बुधबार

195
Shares

 कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद आज विस्तार हुने भएको छ । सत्तारुढ दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बिच मन्त्रालयको भागबण्डामा सहमति जुटेपछि मन्त्रिपरिषद विस्तार हुन लागेको हो ।

बुधबार मन्त्रिपरिषद विस्तार गरेर बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नुभएको छ । मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार प्रदेशसभा सचिवालयमा पत्र पठाइसक्नु भएको छ । 

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बिहीबार दिउँसो ३ बजेका लागि विश्वासको मत लिने कार्यतालिका तय गरिएको जानकारी दिनुभयो । गत चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कँडेलले झण्डै तीन हप्तापछि संसद्बाट विश्वासको मत लिन लाग्नुभएको हो । 

कर्णालीमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत प्राप्त गर्न २१ जना सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग २३ जना सांसद छन् ।

गठबन्धनका दुई दलबिच मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । अहिले दुई दलबिचको छलफलपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनेसम्बन्धी पत्र प्रदेशसभा सचिवालयमा पठाएको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिनुभयो । 

‘मन्त्रालय भागबण्डाको कुराकानी मिलिसक्यो, अब बुधबार सानो आकारको भए पनि सरकार विस्तार हुन्छ’ परियारले भन्नुभयो, ‘विहीबार मुख्यमन्त्रीले संसदमा विश्वासको मत लिनुहुन्छ ।’

कर्णालीमा सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत छ । ४० सदस्यीय प्रदेशसभामा सरकारले बहुमत प्राप्त गर्न २१ जना सदस्यको समर्थन आवश्यक पर्छ । गठबन्धनसँग २३ जना सांसद हुनुहुन्छ । माओवादी केन्द्रका १३ जना, सभामुख बाहेक एमालेको ९ जना र नेकपा (एकीकृत समाजवादी) को १ गरी २३ जना सदस्य गठबन्धनमा छन् । 

एकीकृत समाजवादी गठबन्धनमा भए पनि कर्णालीमा मन्त्रालय नपाउने देखिएको छ । समाजवादीका एक मात्र प्रदेशसभा सदस्य कल्याणी खड्का प्रदेशसभाको प्रदेश मामिला समितिको सभापति हुनुहुन्छ ।

यस्तो छ भागबण्डा

कर्णालीमा अहिले आठवटा मन्त्रालय छन् । एमाले र माओवादीले चार–चार वटा मन्त्रालय लिनेगरी सहमति भएको छ । एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ । 

एमालेले सामाजिक विकास मन्त्रालय पनि आफैसँग राख्नेगरी पहल गरेको थियो । तर माओवादीले सामाजिक विकास मन्त्रालय नछाड्ने अडान लिएपछि एमालेले छोडेको हो ।

माओवादी केन्द्रले महत्वपूर्ण मानिने चारवटा मन्त्रालय पाउने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिनेगरी सहमति जुटेको बताइएको छ ।

नयाँ सत्ता समीकरण बनेसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व गुमाएको माओवादीले महत्वपूर्ण मानिने सबै मन्त्रालयमा दाबी गरेको थियो । जसका कारण मुख्यमन्त्री नियुक्त भएको दुई साता बित्दासम्म मन्त्रिमण्डल विस्तार हुन सकेको छैन । विगतमा माओवादीले सरकारको नेतृत्व गर्दा एमालेले पनि सबै महत्वपूर्ण मन्त्रालय लिएको भन्दै निवर्तमान मुख्यमन्त्री समेत रहनुभएका प्रदेशसभा संसदीय दलका नेता राजकुमार शर्माले अडान राख्नुभएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -