Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४७:२५ दिउँसो
- ADVERTISEMENT -

रविविरुद्ध आक्रमक हुँदै अधिवक्ता नेपालले भने, एमाले-कांग्रेसभन्दा पनि ठग, झुठ र चोरी गर्ने दल रास्वपा हो

प्रकाशित मिति: २०८१ वैशाख ११, मंगलबार

267
Shares

अधिवक्ता स्वागत नेपालले अहिलेसम्म सरकारमा रहेका र पहिले सरकारमा गएका सबै दल बेग्लाबेग्लै नाम गरेका एउटै दल भएको टिप्पणी गरेका छन् । उनले सबै दलको उद्देश्य एकै भएको पनि बताए । उनीहरुको उद्देश्य चुनावमा सबैभन्दा बढी खर्च गर्ने र उक्त खर्च चुनाव जितेपछि असुल गर्ने रहेको उनको आरोप छ ।

उनले दलहरुको अकर्मण्यतालाई परास्त गर्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको बताए । अधिवक्ता नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘अराष्ट्रिय परतन्त्र पार्टी’ को संज्ञा दिए । रास्वपाका सभापति रवि लामिछाने र उक्त पार्टी इतिहासमा अहिलेसम्मको झुठ र ठग रहेको उनको आरोप छ । एमाले, कांग्रेसले पनि झुठ, ठगी र चोरी गरेका भएपनि रास्वपाले जति नगरेको उनको दाबी छ । उनले गृहमन्त्री लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिए ।

‘एउटा सहकारी ठगले म ठगलाई कारबाही गर्छु भन्यो । तपाईँहरुले पत्याउनु भयो । एउटा चोरले म चोरलाई पक्राउ गर्छु भन्यो, पत्याउनु भयो । हाम्रो चेली पन्तको हत्यारा म गृहमन्त्री भएपछि तुरुन्तै पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो । शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको बेला त्यो आत्महत्या होईन, हत्या हो । म तुरुन्त पत्ता लगाउँछु भन्थ्यो, पत्याउनु भयो ।’ उनले भने, ‘अहिलेसम्म इतिहासमा सबैभन्दा बढी ठग, झुठ र चोरी गर्ने, त्यो मैले राज्य कोषको चोरी भनेको हो । राज्यकोषको चोरी भनेको हो । सांसदको नाममा तलब भत्ता लिएर पार्टीको खातामा ३० प्रतिशत हाल्ने उहाँहरुले निर्णय गर्नुभयो । त्यो देखादेखि राज्यकोषको चोरी हो, डकैती हो, भ्रष्टाचार हो । यस्तो एमाले, कांग्रेसले पनि गरेको छ । तर, त्यो अराष्ट्रिय परतन्त्र पार्टीले जतिको गरेको छैन ।’

पहिचान क्षेत्री, ब्रामण, जनजाति, मधेशी सबैको हुने उनको भनाइ छ । अहिलेसम्म हामीले पहिचानलाई गलत ढंगले बुझेको उनको भनाइ छ । सबैको पहिचानको रक्षा हुनुपर्ने उनले बताए । अहिले इलाम–२ को उपनिर्वाचनका सन्दर्भमा थेगिमसँग सबै दलका उम्मेदवार डराइरहेको उनको दाबी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -