Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५५:३५ दिउँसो
- ADVERTISEMENT -

कसैका धाकधम्की, गालीगलौज सुन्न हामी राजनीतिमा आएका होइनौँ : नेपाल

प्रकाशित मिति: २०८१ वैशाख १०, सोमबार

204
Shares

 सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठन्बन्धनमा आफूलाई सहज नलागेको बताएका छन् । उनले यो सत्ता गठबन्धन कति दिन टिक्ने हो भनेर प्रश्न उठिरहेको पनि बताए ।

एमाले केन्द्रीय कार्यालयमा सोमबार आयोजित ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’को कार्यक्रममा नेपालले धाक, धम्की र गाालीगलौज भइरहेकाले असहज भएको पनि बताए 

नेपालको वर्तमान राजनीति जटिल रहेको पनि अध्यक्ष नेपालको भनाइ थियो । छोटो समयमा गठबन्धन फेरिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धन कति दिन टिक्छ ? भन्ने प्रश्न उठिरहेका बताए ।

‘नेपालको राजनीति जटिल छ । छोटो समयभित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । कति दिनसम्म यो गठबन्धन टिकिरहने हो भन्ने प्रश्न उठेको उठ्यै छ । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीले दिनुहुनेछ, मैले दिन सक्दिनँ,’ नेपालले भने ।

गठबन्धनमा आफूलाई किन असहज लागिरहेको छ भन्ने कुरा पनि नेपालले खोलेका थिए । उनले भने, ‘परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौं । कसैका धाकधम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

अध्यक्ष नेपालले जनताका जनजीविकाका सवाल, समानता र न्याय, रोजगारीका समस्या, आर्थिक उन्नतिको कुरामा कम्युनिस्ट पार्टीले आवाज बुलन्द गर्नुपर्ने धारणा पनि राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -