Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३८:०९ दिउँसो
- ADVERTISEMENT -

चामलको बोराभित्र लागु औषध

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

219
Shares

चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका-११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया रहेका छन् ।

गत बिहीबार लागु औषध नियन्त्रण ब्युरो र नागढुङ्गा-थानकोट चेक पोष्‍टमा खटिएको संयुक्त प्रहरी टोलीले काठमाडौँ उपत्यका भित्रिने गाडीहरू चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । प्रवक्ता तथा  प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट चामलको बोरा भित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषध २४७८ एम्पुल (डाईजेपाम ८४२, बुप्रेनोर्फिन ६८५, फेनारगन ९५१) र मनोद्दिपक पदार्थ नाईट्रोभेट ३३०८ ट्याब्लेट बरामद गरिएको छ ।

अनुसन्धानको क्रममा उक्त लागु औषध काठमाडौँ उपत्यकामा बिक्री वितरण गर्ने जिल्ला सप्तरीको बरहथवा नगरपालिका-११ घर भई हाल जिल्ला काठमाडौँको बसुन्धारा बस्ने ४७ वर्षीय कमल अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।अधिकारीलाई गोङ्गबु बसपार्क काठमाडौँबाट पक्राउ गरी प्रहरी वृत्त थानकोटमा बुझाइ थप अनुसन्धान भइरहेको छ ।दुवैमाथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित सम्मानित जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -