मुख्यमन्त्रीकाे दाबी पेश गर्ने अन्तिम दिन आइतबार सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धन बनेकाे छ।
केन्द्रीय गठबन्धनलाई चुनाैती दिँदै सुदूरपश्चिममा रेशम पक्षीय नाउपाले सरकारको नेतृत्व गर्ने भएको हो ।
नेपाली कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी दिएका छन् ।
आज बिहानै बालुवाटारमा नयाँ सत्ता गठबन्धनका दलबिच उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमती भएकाे थियाे । जसमा रन्जिता पक्षीय कैलास चाैधरीलाई मुख्यमन्त्री बनाउने सहमति गर्दै नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ धनगढी आउँदै छन् । तर, यता नेपाली कांग्रेस,
नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ती पार्टी (नाउपा) रेशम पक्षको अलग्गै समझदारी बनेको हो ।
समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताए । यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । कांग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ ।
यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् ।








































