Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०३:४९ दिउँसो
- ADVERTISEMENT -

सबै कालखण्डका भ्रष्टाचार छानबिन गर्न आयोग माग गर्दै कांग्रेसको प्रस्ताव दर्ता

प्रकाशित मिति: २०८० चैत २७, मंगलबार

460
Shares

 नेपाली कांग्रेसका सांसदहरूले सबै कालखण्डका भ्रष्टाचार छानबिन गर्न जाँचबुझ आयोगको माग गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका धनराज गुरुङको प्रस्ताव र सांसदहरू बद्री पाण्डे र जीवन परियारको समर्थनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको हो

उनीहरूले सबै कालखण्डको भ्रष्टाचार र सार्वजनिक पद धारणा गरेका सबैको सम्पत्ति छानबिन हुनुपर्ने माग राखेका छन् ।

चैत २३ गते प्रतिनिधि सभामा दर्ता भएको प्रस्तावमा वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मका जनप्रतिनिधि, सरकारी र सार्वजनिक संस्थामा काम गरेका कर्मचारी, नियुक्ति पाएका अधिकारीहरूको सम्पत्ति छानबिनको माग गरिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको परिवारको समेत सम्पत्ति छानबिनको दायरमा ल्याउनुपर्ने उनीहरूको माग छ ।

२०५८ सालमा सार्वजनिक पद धारणा गरेका व्यक्तिमाथि छानबिन भएकाले त्यो प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र त्यसपछि पदमा बसेकाहरूमाथि छानबिन गर्न जाँचबुझ आयोग बनाउनुपर्ने उनीहरूको प्रस्ताव छ ।

जाँचबुझ आयोग ऐन, २०२६ अनुसार अधिकार सम्पन्न आयोग बनाएर २०५८ पछि वडा तहसम्म सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

‘२०४७ सालदेखि विभिन्न पदमा बहाल रहेका र अवकाश प्राप्त पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी राय सहितको प्रतिवेदन पेश गर्न २०५८ साल फागुन २४ गते न्यायिक जाँचबुझ आयोग गठन गरिएको थियो । सो आयोगले जाँचबुझ गरी पेश गरेको प्रतिवेदन सार्वजनिक गरी कार्यान्वन गर्नु आवश्यक छ’ सार्वजनिक महत्त्वको प्रस्तावमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -