सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लमिछानमाथि संसदीय छानबिनको विषयमाथि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठन हुनु पर्ने नेपाली कांग्रेसको अडान र संसदमा गृहमन्त्री लामिछानेले धारणा राख्न पाउनु पर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मागका बीच संसदीय गतिरोध कायम रहेपछि मंगलबारको पहिलो बैठक अवरुद्ध भएको थियो ।
सदन अवरुद्ध भएपछि १५ मिनेटका लागि बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले सहमतिको प्रयास गरेपनि दुवै पक्ष आआफ्नै अडानका कायम रहेका थिए । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।








































