नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित भएका छन् ।
जिल्ला नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा आचार्यले दुई सय २९ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित बनेका हुन् ।
अध्यक्षका अन्य तीन जना प्रत्यासीहरू चेतनाथ सञ्जेलले एक सय ५४ मत, दिनेश कार्कीले ८१ मत र सुवर्ण श्रेष्ठले ९ मत प्राप्त गरेका थिए ।
यही चैत २३ गतेदेखि शुरू भएको नवौं जिल्ला अधिवेशनमा नेतृत्व चयनमा सहमति नभएपछि आज निर्वाचन भएको हो ।
त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत, उपसचिवमा प्रभाकर थापा र आशा राई निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गरिन् ।
शाक्यका निकटतम् प्रतिद्वन्द्वी हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गरेका थिए ।
कुल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।








































