Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४३:१७ दिउँसो
- ADVERTISEMENT -

संसदीय छानबिन समिति बनाएर आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई छ : कांग्रेस

प्रकाशित मिति: २०८० चैत २१, बुधबार

363
Shares

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहोर्‍याएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक सभामुखको ध्यानाकर्षण गराएर समय लिई बोल्दै शर्माले संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेको उनले बताए । 

शर्माले भने– ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलाे स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’

शर्माले संसदीय समिति किन भन्ने प्रश्न उठेको बताउँदै चोरी, ठगी, जालसाँझी जस्तो लाजमर्दो मुद्दामा संसदीय छानबिन आवश्यक नपर्ने र त्यस्ता मुद्दा गाउँको पुलिसले गोर्खे लौरीले समाधान गर्ने बताए । तर यस्तो मुद्दा संसद्‌मा आएको बताउँदै उनले गृहमन्त्रीसँग स्वार्थ बाझिएको बताए ।

उनले लामिछानेले अहिले तत्काल मन्त्री बन्दिन भन्नुपर्ने बताए । अहिले सहकारीको छानबिनको अनुसन्धान रोकिएको पनि उल्लेख गरे । लामिछानेले कांग्रेसलाई खुला बहस गर्न तयार रहेको भन्दै चुनौतीलाई स्वीकार गर्दै उनले संसदीय छानबिन समितिमा आएर बहस गर्न आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -