Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४३:५३ दिउँसो
- ADVERTISEMENT -

झापाको गौरादहमा तीनवटा सहकारीमा तोडफोड र चोरी

प्रकाशित मिति: २०८० चैत २१, बुधबार

319
Shares

झापाको गौरादहमा एकै रात तीनवटा सहकारीमा तोडफोड र चोरी भएको छ । सहकारी दिवसको रात दुईवटा सहकारीमा चोरी भएको हो । गौरादह वडा नं. ५  स्कुलचौन बजारमा रहेको जनहित सहकारी, महारानीझोडा बचत तथा ऋण सहकारीको चप्रामारी सेवा केन्द्र तथा चप्रामारी कै साना किसान सहकारी संस्थाको कार्यालय तोडफोड गरि नगद चोरी भएको जनाइएको छ ।

स्कुलचौनको जनहित सहकारीबाट सात लाख रुपियाँ सेफमा रहेको र सबै चोरी भएको अध्यक्ष योगेश आचार्यले बताउनुभयो । आचार्यका अनुसार सेफ राखिएको हिसाब हेर्ने काम भएपछि सबै थाहा हुने छ । यसैगरी, चप्रामारीको महारानीझोडा सेवा केन्द्रबाट ८५ हजार र सानाकिसान सहकारीबबाट ५४ हजार चोरी भएको बताईएको छ ।

चोरी र तोडफोड भएपछि नगर प्रमुख छत्रपति सुबेदी सहितको टोलीले उक्त सहकारीहरुमा पुगेर चोर पत्ता लगाउन र यस्तो गतिविधि रोक्नका लागि स्थानीय प्रशासनसँग माग गर्ने बताउनु भएको छ । बारम्बार चोरीका घटनाहरु भइरहेकाले यस विषयमा प्रशासनको ध्यान जान जरुरी छ, उहाँले भन्नुभयो ।

एकैरातमा तीनवटा सहकारी संस्थाहरुमा चोरी भएपछि स्थानीयहरुले सुरक्षा बढाउन माग राखेकाछन् । यसभन्दा गत चैत ५ गते राति गौरादह– ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा पनि चोरी भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -