Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:२६ दिउँसो
- ADVERTISEMENT -

बागमतीमा हाताहाती सहमति हुनुपर्छ : राजेन्द्र पाण्डे

प्रकाशित मिति: २०८० चैत १९, सोमबार

394
Shares

 नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न नसकिने बताएका छन् । विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमान्दार नभएको भन्दै अब उधारो सहमति आफूलाई मान्य नहुने बताएका हुन् । 

बागमती प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिएपछिमात्र अन्य विषयमा सहमति हुने उनको भनाइ छ । ‘पहिलो कुरा बागमतीमा विश्वासको मत लिने भएपछि हामीलाई नै दिनुपर्छ । आजै दिनुपर्छ । उदारो कति सही गर्नु ? माधव नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको कागज मसँग छ । उधारो लिखित के काम छ ? सहमतिका साथ जाने हो भने बागमती प्रदेशमा मुख्यमन्त्री हामीलाई दिनुपर्छ । त्यसो भएमा कुरा मिल्न सक्छ । अन्यथा सबै कुरा उहाँलाई गर्दै जाने हामीलाई भोट हाल्दै जान त सकिँदैन । यी सबै झण्झट बोक्नुको सट्टा भोट नहालेर बसे भइगो नि’, सोमबार कुराकानी गर्दै पाण्डेले बताए ।

एक जनाको मत पनि महत्त्व कति हुँदो रहेछ भन्ने कुरा बागमती प्रदेश सभाको अङ्कगणितले नै पुष्टि हुने उनको तर्क गरे । त्यसैले कुनै पनि पार्टीलाई सानो छ भनेर मिनिमाइज गर्नु उचित नहुने उनको तर्क छ । 

‘सङ्घीय संसदमा प्रधानमन्त्रीलाई भोट हाल्न तयार नभएको भए । जसपा पनि जान सक्दैनथ्यो । दुई पार्टी नगएको भए २२ सिट अनुपस्थित हुन्थ्यो ।  यी सबैले भोट नहालेको भए प्रचण्डको नेतृत्वको सरकार बन्दैनथ्यो । त्यसैले सानो पार्टी भन्दैमा कसैलाई पनि मिनिमाइज गर्न मिल्दैन’, उनले भने ।

 पाण्डेले  प्याकेजमै हल सबै विषयको हल खोजिनुपर्ने बताए । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताहरूको बैठकमा यथास्थितिमा बागमतीमा समर्थन गर्न नसकिने माधव नेपालको अडानपछि बिना निष्कर्ष टुङ्गिएको थियो । एकीकृत समाजवादीको अडानका कारण विश्वासको मत लिन लागेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अप्ठ्यारोमा परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -