Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५२:४५ बिहान
- ADVERTISEMENT -

नीति तथा कार्यक्रममा नयाँपन छैन, मेरो सरकारको सट्टा नेपाल सरकार भन्‍नुपर्थ्यो : देउवा

प्रकाशित मिति: २०७६ वैशाख २०, शुक्रबार

1232
Shares

काठमाडौं, २० बैशाख २०७६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही पनि नभएको टिप्पणी गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा आश्वासन बाहेक अरु केही पनि नभएको प्रारम्भिक प्रतिक्रिया दिएका हुन् ।

राष्ट्रपति विद्या भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अघिल्लो वर्षकै निरन्तरता बाहेक सरकारले आफ्नो नीति तथा कार्यक्रम केही थप उल्लेख गर्न नसकेको बताए ।

सभापति देउवाले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भन्नुको साटो ‘नेपाल सरकार’ भनेको भए उपयुक्त हुने धारणा पनि राखे । राष्ट्रपतिलाई ‘मेरो सरकार’ भन्ने रहर रहेको आफूलाई अनुभूति भएको सभापति देउवाको भनाई छ ।

त्यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाए । उनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई राहत नदिने दाबी गरे ।

प्रमुख सचेतक खाँडले सरकारको नीति तथा कार्यक्रममा घोषित कार्यक्रमलाई कार्यान्वयनमा लैजाने योजना नभएको दाबीसमेत गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -