Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:२७:५७ बिहान
- ADVERTISEMENT -

गृह मन्त्रालयको निर्देशन अधिनायकवादको पूर्वाभ्यास : डा. शेखर कोइराला

प्रकाशित मिति: २०८० चैत ९, शुक्रबार

282
Shares

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई जारी गरेको निर्देशन सङ्घीयताको मर्म विपरीत रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार बिहान लेखेका छन्,‘सङ्घीयताको मर्म अनुरूप प्रदेश र स्थानीय तहका राजनीतिक संरचना बलियो बनाउँदै जानु पर्नेमा जिल्लाका प्रशासनिक संरचना मार्फत केन्द्र बलियो हुन खोज्नु अधिनायकवादको पूर्वाभ्यास बाहेक केही हुनै सक्दैन।’

डा. कोइरालाले प्रमुख जिल्ला अधिकारीहरूलाई यही चैत ८ गते जारी गरिएको गृहको निर्देशनले आज भन्दा अगाडी जिल्ला प्रशासन कार्यालयहरू कानुनले दिएको अधिकार प्रयोग गर्न र कर्तव्य पालन गर्न पूर्णरुपमा असक्षम थिए भन्ने सन्देश दिएको टिप्पणी गरेका छन् ।

‘अर्को तिर देशको विकास, शान्ति सुरक्षा र राजश्व लगायत सबै अन्य मन्त्रालय अन्तर्गतका कार्यालयहरूले समेत प्रजीअ मार्फत गृह मन्त्रालयमा आफ्नो कामको प्रगति विवरण र प्रतिवेदन बुझाउनुपर्ने भन्ने देखिन्छ’ उनले भनेका छन् ।

उनले नेपालको संविधानको ठाडो उल्लङ्घन गर्दै सामाजिक सञ्जाल र अनलाइन समाचार पोर्टलहरूको निगरानी र कारबाहीको बारेको निर्देशनको बुँदा राखिनु र दबाबपछि ती बुँदा हटाइनुले सरकारले राजनीतिक दल, सञ्चार जगत् र नागरिक समाजको नाडी छाम्न खोजेको भान भएको भनेका छन् । ‘यस्ता गैर जिम्मेवारी काम सरकारलाई भारी पर्छ, बेलैमा सोचौँ’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -