Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:०७ दिउँसो
- ADVERTISEMENT -

महराको बयान : ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन’

प्रकाशित मिति: २०८० चैत ८, बिहीबार

342
Shares

पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । अनुसन्धान अधिकृतहरुसँग नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्– ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने गरेको महराले बताएका छन् ।

उनले भनेका छन्– ‘दिनहुँ धेरै फोन आउँछ कुरा हुन्छ तर, अहिले विस्तृत कुरा मलाई थाहै हुँदैन ।’ सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका हुन् ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । चिनियाँ नागरिक वाङ सुन ल्याउने समूहका सदस्य हुन् । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्णबहादुर महरालाई गुहारेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् ।

भेपमा सुन भएको थाहा पाएपछि विमानस्थलका नासु रेवन्त खड्काले अर्को समूहसँग मिलेर गोदामबाट चोरेर बेचे । भेप प्रकरणबारे महरा र उनका छोराले अनावश्यक चासो राखेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले त्यसबारे प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागी सीआईबीलाई पत्राचार गरेका थिए ।

भेप प्रकरणमा सीआईबीले जीवनकुमार गुरुङसँग बयान लिएको थियो । गुरुङ प्लाटिनम कलेजका सीइओ हुन् । दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -