बुधबार प्रतिनिधिसभा बैठक चलिरहेको थियो । केही सांसदहरूले बोलेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की जुरुक्क उठिन् र बोल्न खोजिन् ।
तर, सभामुख देवराज घिमिरेले उनलाई रोके र बस्न आग्रह गरे । उनले भने, “मैले माननीय सदस्यलाई समय दिएको छैन, आसनग्रहण गर्नुस् ।”
अगाडि उनले भने, “मैले समय दिएपछि मात्रै यहाँहरू बोल्न पाउनुहुन्छ, मैले समय नदिएसम्म यहाँहरूले बोल्न पाउनुहुने छैन । त्यो हाम्रो नियमावलीको व्यवस्था हो ।”
यसपछि तोसिमा बसिन् ।








































