व्यवसायी दुर्गा प्रसाईंले आफ्ना सुरक्षाकर्मीबाट सर्वोच्च परिसरमा बरामद भएको हतियार वैधानिक भएका दाबी गरेका छन्।
सोमबार आफूसँग सम्बन्धित मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च पुगेका प्रसाईंको दुई सुरक्षाकर्मीलाई चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ गरिएको थियो।
पक्राउपछि प्रसाईंले कुरा गर्दै बरामद भएको हतियार वैधानिक भएको दाबी गरेका छन्। ६ वर्षअघि नै आफूले लाइसेन्स लिएको हतियार भएको प्रसाईंको भनाइ छ। उनले भने, ‘ती हतियार राख्नका लागि मैंले ६ वर्षअघि नै लाइसेन्स लिएको थिएँ। ती वैधानिक हतियार हुन्।’
पक्राउपछि प्रसाईंका दुई निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरी परिसर काठमाडौँमा राखिएको छ।








































