Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३७:१६ दिउँसो
- ADVERTISEMENT -

‘१४ महिनामा सरकारले अरुको कामलाई आफूले गरेको झुटा प्रचारबाहेक केही गर्न सकेन’

प्रकाशित मिति: २०७६ वैशाख १६, सोमबार

738
Shares

काठमाडौँ, १६ बैशाख २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठन भएको १४ महिनामा आशा जगाउने एउटा पनि काम गर्न नसकेको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको कारण मूलुकमा निराशा व्यप्त भएको आरोप लगाएका हुन् ।

‘देशलाई समृद्धिको दिशामा लैजाने अभूतपूर्व ऐतिहासिक अवसरलाई पनि यो सरकारले खेल फाल्यो,’ देउवाको भनाई थियो ।

उनले लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो,’ देउवाले भने ।

सभापति देउवाले विगतका सरकारले सम्पन्न गरेका आयोजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको भनी झुटा प्रचार गर्न बाहेक सरकारले उल्लेख्य काम गर्न नसकेको दाबी गरे । ‘विगतका सरकारको पालोमा शुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम तामझामका साथ आफैले सुरु गरेको जसरी प्रचार गर्न गरियो,’ उनको गुनासो थियो । नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै देउवाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको उल्लेख गरे ।

‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’

विदेशी घाटा बढ्दो रहेको र मूल्यबृद्धिको मारमा जनता पर्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे ।

देशमा संस्थागत रुपमा भ्रष्टाचार बढेको राष्ट्रपति स्वयम्ले उल्लेख गरेको भन्दै बालुवाटार भूमाफिको कब्जामा पर्दा पनि सरकार ढाकछोपमा लागेको उनले आरोप लगाए ।

‘जनताको धैर्य गुम्दैछ,’ उनले चेतावनी पनि दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -