Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०३:१२ दिउँसो
- ADVERTISEMENT -

सभापति देउवाको रवैयाबारे गगन थापाको प्रतिक्रिया ‘उहाँले सच्याउन सक्नुभयो भने ठीकै छ नसच्याए महाधिवेशनसम्म यो विषय उठिरहन्छ’

प्रकाशित मिति: २०७६ वैशाख १०, मंगलबार

1257
Shares

काठमाडौं, १० बैशाख २०७६ । नेपाली काँग्रेसभित्र विधानको विषयलाई लिएर विमति कायमै छ । नयाँ विधान आइसकेको छ । यही विधान लिएर राष्ट्रिय जागरण अभियानका लागि नेताहरु जिल्लाजिल्लामा जाँदैछन् ।

महासमिति बैठकले दिएको म्यान्डेट अनुसार गरिएको भए यो विवाद हुँदैनथियो । यसकै कारण विवादबीच केन्द्रीय प्रतिनिधिहरु पार्टीको एजेन्डा र विभिन्न १५ बुँदा लिएर जनजनमा जाँदैछन् काँग्रेस नेताहरु ।

यसैबीच काँग्रेस केन्द्रीय सदस्य गगन थापाले महासमितिको बैठकले जे आदेश दिएर पार्टीलाई पठायो त्यो पार्टी सभापति शेरबहादुर देउवाले नमानेको आरोप लगाएका छन् ।

उनले भने, ‘यसलाई लुकाएर लुक्दैन । हामीले फरक मत लेखेका छौं । हामी हाम्रो पार्टीलाई कसरी संचालन गर्ने भनेर लागिरहेका छौं । यो कुनै विद्रोह हैन ।’

अगाडि भने, ‘पार्टीको विधानमा भएको बुँदाले फाइदा गरेन भनेरै महासमितिले निचोड निकालेको हो । तर आफूलाई फाइदा हुने बुँदामात्र मिलाउने काम गर्नु गलत हो । महासमितिले भनेपछि सभापतिले मान्नुपर्दथ्यो । महासमितिले सभापतिलाई जिम्मा दिन सक्छ । त्यही जिम्मा दिएको थियो । तर सभापतिले अरु सदस्यहरुको मानमर्दन गरेर आफू सुहाउँदो विधान बनाउन पाइँदैन ।’

नेता थापा भन्छन्, ‘उहाँले सच्याउन सक्नु भयो भने ठीकै छ नसच्याए महाधिवेशनसम्म यो विषय उठिरहन्छ ।’

पार्टीले बुधबारदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्दैगर्दा यो विषय पनि नेता तथा कार्यकर्तामा पुग्ने देखिएको छ । नेता थापाले पनि यो विषयलाई सुनाउँदै र बुझाउँदै हिँड्ने बताउँदै भने, ‘हिजो फरक मत लिएर साथीहरुमाझ जानुस् भन्ने अनि आज मत लिएर जान खोज्दा किन आत्तिने ?’

काँग्रेसभित्र किचलो भएको हो त भन्ने प्रश्नमा नेता थापाले ‘हामी पार्टीका विषयहरु राख्दै पनि जान्छौं, राष्ट्रिय एजेन्डा लिएर जान्छौं, पार्टीभित्र विचारको मन्थन हुन्छ नै, यो ठूलो मुद्दा हैन’ भने ।

साढे दुई वर्ष महाधिवेशन नगर्ने हो भने स्थानीयदेखि प्रदेशका संरचना बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।

आन्तरिक संरचना पनि तयार नगर्ने र महाधिवेशन पनि लम्ब्याउने हो भने त्यो सह्य नहुने चेतावनी नेता थापाले सभापति देउवालाई दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -