काठमाडौँ । वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिताको बुधबारको खेलमा १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभाले आफूभन्दा प्रभावशाली खेलाडी ओन्स जबेउरलाई हराएका छन् । मिराले महिला एकलतर्फको दोस्रो चरणको खेलमा ट्युनिसियाकी जबेउरलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गरेकी हुन् ।उर प्रतियोगितामा छैटौँ वरीयताप्राप्त खेलाडी हुन् । रमाइलो पक्ष त के हो भने, विश्व टेनिसमा भर्खर उदाउँदै गरेकी मिराको आदर्श खेलाडी पनि जबेउर नै हुन् । ‘जबेउर मेरो आदर्श खेलाडी हुन् । उनीबाट मैले धेरै कुरा सिकेकी पनि छु । आज उनलाई नै हराउँदा मलाई दुःख पनि लागेको छ र गौरवको अनुभव पनि भएको छ,’ खेलपछि किशोरी मिराले भनेकी छन् ।उनले जबेउरलाई हराएपछि आफ्नो आत्मविश्वास पनि निकै बढेको बताएकी छन् । ‘यो मेरो खेलजीवनको अविस्मरणीय क्षण हो । यो खेलपछि मेरो आत्मविश्वास पनि निकै बढेको छ,’ हाल ४७औँ वरीयतामा रहेकी मिराले भनेकी छन् ।
मिराले जबेउरलाई हराउन ५४ मिनेट समय खर्चिएकी थिइन् । अर्की प्रभावशाली खेलाडी क्यारोलिन वजनिएस्की पनि प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिएकी छन् । ३३ वर्षीया डेनिस खेलाडी क्यारोलिनले सन् २०१८ मा अस्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि चुमेकी थिइन् ।धबार खेलिएको दोस्रो चरणको खेलमा क्यारोलिनलाई पनि रुसी खेलाडी मारिया टिमोफिभाले १–६, ६–४, ६–१ अंकले हराएकी हुन् । मारिया छनोट चरण पार गर्दै ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनमा सहभागी भएकी हुन् । मारिया हाल वरीयताको १७०औँ स्थानमा छिन् ।आफूले आदर्श मानेको खेलाडी नै हराइन् १६ वर्षीया रुसी किशोरी मिरा एन्ड्रिभाले
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92











