Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०१:३० दिउँसो
- ADVERTISEMENT -

पार्टी एकता प्रक्रिया टुंगियो, भोलि औपचारिक घोषणा हुन्छ : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति: २०७६ वैशाख ८, आइतबार

1054
Shares

काठमाडौं, बैशाख ८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भोलि पार्टी एकता टुंगोमा पुग्ने प्रष्ट पार्नुभएको छ ।

नेकपा प्रदेश नम्बर ३ ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भोलि आयोजना हुने पार्टी स्थापना दिवसमा पार्टी एकता औपचारिक रुपमा टुंगोमा पुगेको घोषणा हुने प्रष्ट पार्नुभएको हो । नेकपा केन्द्रीय सचिवालयले स्थापना दिवसमा भोलि दिउसो १२ बजे प्रज्ञा भवनमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । अध्यक्ष प्रचण्डले एकता प्रक्रिया टुंगोमा पुग्दैन कि भनेर आशंका नगर्न आग्रह गर्दै भोलि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुगेको औपचारिक घोषणा हुने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले व्यक्तिको अनुहार हेरेर नभई सिद्धान्तमा टेकेर एकता प्रक्रिया टुंगिने जानकारी पनि दिनुभयो । ‘एउटा प्रिन्सिपलमा आधारित भएर हुन्छ, मान्छेको अनुहार हेरेर मूल्यांकन गर्न सकिने स्थिति छैन । एउटा सिद्धान्तमा टेकेर एकता गरौं भन्ने नीतिगत निर्णय हामीले गरिसकेका छौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड,बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच हिजो नै एकताको बिषयमा लगभग सहमति जुटिसकेको छ । सोही सहमतिका आधारमा एकताको बाँकी काम टुंग्याएर भोलि घोषणा गर्ने गृहकार्यमा नेताहरु लाग्नुभएको हो ।

कार्यक्रममा सहभागी हुनुअघि बालुवाटार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीसँग एकताबारे छलफल गरेको जानकारी पनि अध्यक्ष प्रचण्डले दिनुभयो । बालुवाटारमा भएको छलफलले आज दिनभर गृहकार्य गरेर एकताको अन्तिम टुंगो लगाउने जिम्मा दिइएको छ । दिनभरको गृहकार्यपछि आजै साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सचिवालयले आज बेलुका गर्ने निर्णयको औपचारिक घोषणा सोमबार मात्रै गरिनेछ ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भन्नुभयो, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिनोस ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -