Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:२२ दिउँसो
- ADVERTISEMENT -

सरकारको एक वर्ष निराशाजनक : सभापती देउबा

प्रकाशित मिति: २०७६ वैशाख ७, शनिबार

1589
Shares

कास्की, ७ बैशाख २०७६ । नेपाली कङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्ष निराशाजनक भएको बताएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ सार्दीखोलामा निर्मित बिपी स्मृति भवनको शुक्रबार उद्घाटन गर्दै उनले सरकार गठनको एक वर्ष देशमा महङ्गी भ्रष्टाचार, अशान्ति र अराजकता बढेको आरोप लगाए ।

सभापति देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानविन हुनुपर्ने बताउँदै सरकारी जग्गा किनबेच गर्नेलाई काङ्ग्रेसले नछोड्ने चेतावनी दिए । ‘बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु, यो कसैले किन्न बेच्न मिल्ने जग्गा होइन’ उनले भने, ‘गल्ती कहाँबाट भएको छ छानविन हुनुपर्छ, गल्ती गर्नेलाई काङ्ग्रेसले छोड्दैन ।’ सरकारको मनोमानी, संवैधानिक निकायमाथिको नियन्त्रण, प्रेसमाथिको नियन्त्रण लगायतका विरुद्धमा लाग्नुपर्ने धारणा राख्दै उहाँले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले काङ्ग्रेस एकताबद्ध बन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले बढ्दो महङ्गी, अराजकता आदिका कारण नेपाली जनता आक्रान्त बनेको बताउँदै नेपाली जनताका हरेक समस्या समाधानमा काङ्ग्रेसले सधैं हातेमालो गर्दै आएको धारणा राखे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, महिला नेत्री टेकनशोभा गुरुङ, गणेश आचार्य, माधव आचार्यलगायतले आ–आफ्ना धारणा राखेका थिए । काङ्ग्रेसको वडा एकाइ कार्यालयको भवन बनाउनेमा सार्दीखोला वडा एकाइ नेपालमा नै पहिलो बनेको छ । करीब रु ९० लाखको लागतमा भवन निर्माण भएको वडा सभापति गुञ्जमान गुरुङले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -