Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:३१ दिउँसो
- ADVERTISEMENT -

आज चैत दशै

प्रकाशित मिति: २०७५ चैत ३०, शनिबार

1848
Shares

काठमाडौं, ३० चैत्र २०७५ । तिथिका कारणले २०७५ सालको चैते दशैं वर्षको अन्तिम दिन शनिबार परेको छ । यस वर्षको बैशाखमा परेको चैते दशैंको अवसरमा विभिन्न धार्मिक स्थानमा रामनवमीको मेला सुरु भएको छ।

धार्मिक क्षेत्र गोद्धकमा रामनवमीको मेला सुरु
उचित प्रचार नहुँदा प्रसिद्ध भएर पनि ओझेलमा परिरहेको दक्षिण माडी नगरपालिका–३ द्रौपतीनगरमा रहेको धार्मिक क्षेत्रमा गोद्धक मेला सुरु भएको छ । रामनवमी पर्वका अवसरमा आयोजना हुँदै आएको चितवनबाट चालीस किलोमिटरको दुरीमा पर्ने यो मेलामा भारतबाट समेत सयौँ तीर्थालु आउने गर्दछन् । विशेषगरी पाँच पाण्डव बसेको स्थान र परशुरामले तपस्या गरेको स्थलको स्मरणमा यहाँ मेला लाग्ने गर्छ । गोद्धक क्षेत्र पुगेर दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने र पाप नाश हुने धार्मिक विश्वास रहेको स्थानीयवासी कृष्ण चौधरीले बताउनु भयो । पाँच पाण्डव बसेको क्षेत्रका रुपमा गोद्धकलाई लिइने गरिन्छ ।

गोद्धक मेला व्यवस्थापन समितिका अध्यक्ष केदारप्रसाद अधिकारीले मेला अवलोकन तथा परशुराम कुण्ड स्नान गर्न आउने भक्तालुको विगतभन्दा चहलपहल बढेको बताउनुभयो । गोद्धक मेला आउने मध्ये मनोरम झरना रहेको परशुराम कुण्ड हेर्न आउनेहरु धेरै हुने गरेका छन् । प्राचीन किंवदन्तीअनुसार परशुराम कुण्डमा परशुरामले तपस्या गरेका थिए । सोमेश्वर पर्वतबाट झरेको मनोरम झरना परशुराम कुण्डमा बगेको छ । परशुराम कुण्डमा नुहाएमा पाप नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ ।

ऐतिहासिक चैत्राष्टमी मेला सुरु
बागलुङमा लाग्ने ऐतिहासक चैत्राष्टमी मेला बुधबारदेखि सुरु भएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा चैतै दसैँका अवसरमा आयोजित मेला आगामी वैशाख ४ गतेसम्म चल्नेछ । ‘गन्तव्य बागलुङ कालिकाः कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित मेला सुरु गरिएको हो । बागलुङमा दशकौँअघि देखि हुँदै आएको चैत्राष्टमी मेला देशमै प्रसिद्ध मानिन्छ । पवित्र शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा सुरु भएको मेलामा कला, संस्कृति, खेलकुद, व्यापार र पर्यटन प्रवद्र्धनका विविध कार्यक्रम राख्ने गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -