काठमाडौ।
रास्ट्रिय युवा संघ नेपालले ४ महिने विशेष अभियान अन्तर्गत युथ फोर्स द्वारा आयोजित नवयुवा संग साक्षात्कार तथा प्रवेश कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री,युवा ईन्चार्ज महेश बस्नेत र विशेष अतिथिमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेको उपस्थिति रहेको थियो।
केन्द्रिय युथफोर्स विभागको आयोजनामा युथफोर्स प्रमुख अमित पौडेलको सभापतित्वमा कार्यक्रम भएको थियो। उक्त कार्यकरममा नेकपा एमाले पार्टी प्रवेश गर्ने ४०० जना १६ देखि २४ बर्षका युवाहरुलाई स्वागत गरिएको थियो। पार्टी प्रवेश गर्नेहरुलाई युथफोर्स प्रमुख अमित पौडेलले राजनीतिक जीवनको सफलताको शुभकामना समेत दिएका छन्। उक्त अन्तरक्रिया कार्यक्रममा हरेक युवाहरुको समस्या सुनेर समस्याको सामाधन दिने प्रतिबद्दता सङ्गठनका इन्चार्ज र अध्यक्ष दिएका थिए। कार्यक्रममा पैाडेलको नेतृत्वमा युथ फोर्सले काठमाडौं क्षेत्र न ६ गोंगबु बाट मार्च पास सहित ४००/५०० युवा हरु पार्टीमा भित्र्याएको हो।
१६-२४ वर्ष उमेर समुहका युवाहरू सङ्गको अन्तर्क्रिया कार्यक्रम निकै नै उत्साहपूर्ण र उपलब्धिमूलक रहेको युथफोर्स प्रमुख अमित पौडेलले बताए। उनका अनुसार करिब ५०० जना १६-२४ बर्ष उमेर समुहका युवाहरुको नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । उक्त प्रवेश संगै पौडेलले भने,’रास्ट्रिय युवा संघ नेपाल र नेकपा एमालेप्रती युवाहरूको आकर्षण बढ्दो छ,तर हामी ती युवा माझ पुग्नु सकेको छैनौं ।’









































