काठमाडौं , असार ५
आरके इन्टरटेन्मेन्ट ग्रुपले आफ्नो २४ औं वार्षिकोत्सबको अवसरमा सम्मान कार्यक्रम गरेको छ । ग्रुपले नुवाकोटकी समाजसेवी बालिका प्राश्ना पाण्डेलाई सम्मान गरेको हो । सानै उमेरमा समाज सेवामा सक्रिय पाण्डेलाई ग्रुपले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती को हातबाट सम्मान गरेको हो ।
उनले कोरोना भाइरस महामारीको बेला निःशुल्क माक्स वितरण, खाद्यन्न वितरण, स्वास्थय सामग्री वितरण, कापी किताब वितरण लगायतका विभिन्न समाज सेवाको काम गर्दै आएकी छन् ।
कार्यक्रममा बोल्दै मन्त्री किराँतीले सानो उमेरमा नै समाजसेवामा लागेकी प्राश्नाको अभियान अन्य विद्यार्थीका लागि पनि प्रेरणादायी हुने बताए । किराँतीले आरके इन्टरटेन्मेन्ट ग्रुपले उत्कृष्ट काम गर्दै आएको बताउदै प्राश्नालाई सम्मान गरेर अर्को उत्कृष्ट काम गरेको बताए ।
उनले प्राश्नाका काम सञ्चारमाध्यमबाट जानकारी लिदै आएको बताए ।
सम्मान पछि प्राश्ना पाण्डेले थोपा थोपा मिलेर सागर बने जस्तै आफुले गरेको अभियानमा अरु पनि थपिदै जादा नेपाललाई नै सकारत्मक बनाउन सकिने बताइन् ।
उनले सबैको साथले नै आफु आगाडी बढेको बताइन् । कार्यक्रमको सञ्चालन ग्रुप का सयोजक राम के सी ले गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न संघ-संस्थाका पदाधिकारीहरु तथा आमन्त्रित ब्याक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।








































