Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१४:२७ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको अस्तित्व जोगाउन स्व. बस्नेतको योगदान महत्त्वपूर्ण : पूर्वराष्ट्रपति यादव

प्रकाशित मिति: २०८० जेठ १०, बुधबार

315
Shares

काठमाडौं– पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेस नेता एवं संविधानसभा सदस्य स्व. पुरुषोत्तम बस्नेत लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन्।

जननायक बीपी कोइराला स्मृति ट्रस्टका संस्थापक सदस्य एवं कोषाध्यक्ष स्व. बस्नेतको १३औं पुण्यतिथि अवसरमा ट्रस्टले आयोजना गरेको ‘श्रद्धाञ्जली सभामा पूर्णराष्ट्रपति यादवले बस्नेत लोकतन्त्र स्थापनाका लागि निरन्तर संघर्षशील नेता भएको बताएका हुन्।

उनले भने, ‘कांग्रेसको अस्तित्व जोगाउन स्व. बस्नेतको योगदान महत्त्वपूर्ण छ। कांग्रेसभित्र बस्नेतको तुलनामा हाम्रो योगदान कम छ।’ पूर्वराष्ट्रपति डा. यादवले स्व. बस्नेतको कृतिलाई जननायक बीपी कोइराला स्मृति ट्रष्टले संरक्षण गर्नुपर्ने बताए।

वरिष्ठ साहित्यकार डा. अभि सुवेदीले नेपाली साहित्य जगत्मा स्व. बस्नेतको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरे। नेपाली साहित्य जगत्मा पुरुषोत्तमको विशिष्टतालाई हामीले चिन्न सकेका छैनौं’, उनले भने।

श्रद्धाञ्जली सभामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, डा शशांक कोइराला, सुजाता कोइराला, बद्री पाण्डे, पूर्वसभामुख दमननाथ ढुंगाना, तारानाथ रानाभाट, ट्रस्टका अध्यक्ष श्रीहर्ष कोइराला, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायत उपस्थित थिए।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका पूर्वसभापतिसमेत भइसकेका स्व. बस्नेतले राजनीतिसँगै साहित्यिक यात्रालाई समेत अगाडि बढाएका थिए। लामो समयसम्म कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गरेका स्व. बस्नेतले ‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ भाग एक र दुई जस्ता महत्त्वपूर्ण कृति लेखेका छन्। गोरखापत्र संस्थानको पूर्वकार्यकारी अध्यक्षसमेत रहेका स्व. बस्नेतले धेरै साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -