काठमाडौ : लोकप्रिय गायक तथा सर्जक रविन लामिछानेको “भ्रष्टाचारीलाई किरा परोस” सार्वजनिक भएको छ । रविन लामिछानेले उक्त गित आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन ।
समाजमा देखिने विकृति , विसङगती , भ्रष्टाचारी र कालोबजारीको विरुद्ध गित मार्फत सटिक र कडा प्रहार गर्ने गायकका रुपमा चिनिएका गायक लामिछानेले यो गितले पनि समाजमा रहेको व्याप्त भ्रष्टाचार र वेथिती देखाएको बताएका छन । गितमा नेताहरुलाई कडा व्यङ्ग्य गरिएको छ । ।
केही दिन अघि ” भ्रष्टाचार नेता चाहिदैन , देश लुट्न पाईदैन” नारा सहित माइतीघर मण्डलामा यो गितको छायांकन भएको थियो ।
गितको दृश्यमा सामाजिक अभियान्ता , विद्यार्थी , अधिकारकर्मी तथा बौद्धिक वर्गलाई देखाईएको छ ।
भिडियो हेर्न








































