Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:३७:४० बिहान
- ADVERTISEMENT -

सांसद भट्टराईले दिए चेतावनी– जनयुद्ध माने कांग्रेसको ‘इन्ड अफ द हिस्ट्री’ हुनसक्छ

प्रकाशित मिति: २०८० जेठ ८, सोमबार

273
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले जनयुद्ध शब्दलाई मान्यता दिए नेपाली कांग्रेसको इतिहास नामेट हुन सक्ने चेतावनी दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रममा समावेश गरिएको जनयुद्ध शब्द कांग्रेसले स्वीकार गरेको हो ? भन्दै प्रश्न गरे । उनले विद्वान फ्रान्सेस फुकुमायाको पुस्तकको चर्चा गर्दै साँच्चै कांग्रेसले जनयुद्ध दिवस मानेको भए ‘इन्ड अफ हिस्ट्री’ हुने चेतावनी दिए ।

“जनयुद्ध भन्ने शब्द यहाँ उचारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । ७२ को संविधानपश्चात् सरकारी दस्तावेजमा उल्लेख भएको थिएन । पहिलोपटक प्रम प्रचण्डले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गराउनुभएको छ,” उलने भने, “बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसादको पार्टी यति निम्छरो नेपाली कांग्रेसको हालत देखिएको छ । यदि, यो एक नम्बर बुँदा कांग्रेसले स्वीकार गर्छ भने कांग्रेसको इन्ड अफ द हिस्ट्री हो । यो शब्द र स्प्रीटलाई उहाँहरूले स्वीकार गर्नुहुन्छ भने इन्ड हुन्छ ।”

उनले गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसको सहमतिबिना नीति तथा कार्यक्रममा यो शब्द पर्न नसक्ने जिकिर गरे । यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाले जवाफ दिनुपर्नेमा उनले जोड दिए ।बाह्रखरी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -