Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१६:२० दिउँसो
- ADVERTISEMENT -

“म सरकारले आलोचना गर्छु , पार्टी मेरै आलोचना गर्छ” :- देउवा

प्रकाशित मिति: २०७५ चैत २१, बिहीबार

899
Shares

काठमाडौँ, २१ चैत्र २०७५ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टीभित्रै आफनो आलोचना भईरहेको भन्दै चित्त दुखाएका छन् । दाङको लमहीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा मा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफुले बर्तमान सरकारको खुलेर आलोचना गरिरहेको समय पार्टीभित्र भने नेता तथा कार्यकर्ताहरुले आफनै बिरोध गरिरहेको बताए । सम्मेलनमा भने ‘म सरकारको विरोध गरिरहेको छुँ । साथीहरु मेरै विरोध गरिरहेका छन् । म ओली सरकारको खिलाफमा जान्छु । आफ्नै साथी मेरो खिलाफ गर्छन् ।’ उनले आफुबिरुद्ध परेको उजुरी भ्रमपुर्ण रहेको समेत बताए ।

उनले प्रतिपक्षको भूमिका कमजोर नरहेको दाबी गरे । रेलिङ्ग भाच्ने र तोडफोड मात्रै गर्ने प्रतिपक्षको काम नरहेको बताए । देउवाले भने ‘सधैँ रेलिङ्ग भाच्ने काम हाम्ले गर्‍या छैन् । फेरि चाहनुहुन्छ भने त्यो पनि गरौँला नी’ देउवाले भने–‘ तर तोडफोड गर्ने काम हामीबाट हुँदैन, रेलिङ्ग भाच्ने, आगो लगाउने, तोडफोड गर्ने काम त गलत कुरा हो ।’

उनले फरक प्रसंगमा सिके राउतसंगको सहमतिका बारेमा पनि बोल्दै जनमत संग्रह भन्दै देश टुक्राउने नपाईने बताए । उनले सिके राउत तथा विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याउनु पर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -