Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:१९:५२ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस जिल्ला सभापतिहरुको भेला काठमाडौंमा आज

प्रकाशित मिति: २०७५ चैत २०, बुधबार

818
Shares

काठमाडौं, २० चैत्र २०७५ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकको स्थान भने बुधबार बिहानसम्म पनि गोप्य राखिएको छ ।

आयोजक काठमाडौं जिल्ला हो । एक जिल्ला सभापतिले हाम्राकुरालाई दिएको जानकारी अनुसार जिल्ला सभापतिबीच मात्र छलफल गर्ने भनेर स्थान गोप्य राखिएको हो ।

उनले भने, ‘काठमाडौं जिल्लाका अध्यक्षले गोप्य राखेर हामीमात्र बसौं र घनिभूत छलफल गरौं भन्नुभएको छ । साढे १० बजेतिर मोबाइलमा म्यासेज आउला ।’

दुई वटा एजेन्डा
नेतृत्वप्रति असन्तुष्ट जिल्ला सभापतिहरुबीच यो भेला चल्न लागेको बुझिएको छ । विशेषगरी महासमिति बैठकले पारित गरेका विषयलाई केन्द्रीय कार्यसमितिले लत्याएपछि त्यसमै जिल्ला सभापतिहरु अडिक रहँदै तात्तिएका हुन् ।

जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्न लागेका हुन् । भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ ।

नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले भेलामा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएका छन् ।

उनले भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने बताएका छन् । उनले पार्टीभित्रको आन्तरिक विषयमात्र नभई समसामयिक विषयमा पनि छलफल गरी निचोडमा पुग्न सकिने बताएका छन् ।

पछिल्लो समय सरकारले देखाएको रवैया, काँग्रेसले खेल्नुपर्ने भूमिकादेखि सरकारले सीके राउतलाई हिरो बनाउनु र विप्लवको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएकोबारेमा समेत पनि छलफल हुने केसीले बताए ।

उनले प्राकृतिक विपत्ति हुँदा कसरी सघाउन सकिन्छ भनी छलफल हुनेसमेत बताएका छन् । मधेशको दैवी प्रकोपबारे कुनै निचोडमा पुग्न सकिने पनि सभापति केसीको भनाई छ ।

काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने जानकारी दिँदै औपचारिक उद्घाटन भने नहुने बताए । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उनले बताए ।

काङ्ग्रेस महासमिति बैठकको भावनाअनुसार पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । काङ्ग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो । महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।

आरोप प्रत्यारोप चल्न थाल्यो
जिल्ला सभापतिहरुको भेलालाई लिएर संस्थापन र इतर पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ । उक्त दुई मागका सम्बन्धमा सबै जिल्ला सभापतिका सहमति भए पनि संस्थापन इतर पक्षले आफ्नो मात्र माग हो भन्ने जसरी अतिरञ्जित गरेको भन्दै आपत्ति समेत जनाउन थालिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा पक्ष निकट मानिने भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले यसबारे आपत्ति प्रकट गरेका छन् । उनले आफूहरुले जश लिने प्रयास गर्नु दुर्भाग्य हो पनि भनेका छन् ।

काठमाडौंमो यो भेलालाई संस्थापन पक्षले केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको थापाले बताए ।

नुवाकोट जिल्ला सभापति केसीले भने ४५ जिल्ला सभापतिहरुबीच छलफल हुने बताएका छन् । यो भेलामा देउवा निकट सभापतिहरु सहभागी नहुने भएकाले उनीहरु भने आपत्ति जनाइरहेका छन् ।

समानुपातिक समावेशी कोटामा एक पटकभन्दा बढी पटक अवसर पाउन नहुने भन्ने महासमितिको निर्णय पनि विधान कार्यान्वयन नभएको भन्दै जिल्ला सभापति केसीले महासमितिको निर्णयको सम्मान गर्न माग गरेका छन् ।

केसीले कसले के भन्छ भनेर पछि नलाग्ने तर आफूहरुले गर्ने समीक्षा पार्टी हितका लागि भएको बताएका छन् ।

आफूहरु कुनै गुट चलाउनका लागि नलागेको दावी गर्दै केसीले ४५ जिल्ला भन्दा बढीका सभापतिहरुको काठमाडौं भेला अर्थपूर्ण हुने दावी गरेका छन् ।

उनले अन्य जिल्ला सभापतिहरु विविध कारणले उपस्थित हुन नसकेको पनि बताएका छन् । आफूहरुको भेलालाई नजर अन्दाज नगर्न उनले चेतावनी दिएका छन् ।

‘जसरी हेटौंडा भेलाले चुनौती दिएको थियो त्यसरी नै ककनी भेला पनि सफल भएको थियो हामीलाई चुनौती नदिइयोस्’ भनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -