Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२३:१२ दिउँसो
- ADVERTISEMENT -

काठमाडौको स्काई ग्लास स्विङ ब्रिजमा घुम्न जानेहरुको भिड बढ्यो (फोटो फिचर)

प्रकाशित मिति: २०८० वैशाख ७, बिहीबार

2334
Shares

काठमाडौं ।
यतिबेला सामाजिक संजालमा भाइरल स्काई ग्लास स्विङ ब्रिज झ्वाट्ट हेर्दा तपाइलाइ लाग्न सक्छ, चाइनाको कुनै प्रान्तको फोटो/भिडियो हो । तर यो नेपालकै राजधानी काठमाडौंको नागार्जुन-३ अवस्थित छ। धेरै सामाजिक संजाल प्रयोगकर्ताहरुले यसबारे चासो पनि राखेका छन्। नेपालमा सिसाबाट बनेको घुम्ने आकाशे पुल तपाइहरुले सम्भवत पहिलोचोटी देख्दै हुनुहुन्छ होला। विश्वका अन्य देशहरुमा यस्ता ग्लास ब्रिजहरु धेरै बनेका भएता पनि घुम्ने स्काई ग्लास स्विङ ब्रिज भने हामीले त्यति देख्न पाएका छैनौ। अब नेपालमै प्रतिव्यक्ति ५ सयको टिकट काटेर भरपुर मनोरंजन लिन सक्नु हुने छ।

May be an image of 1 person

काठमाडौंको नागार्जुन-३ मा चैत २५ गते बाट सन्चालनमा आएको स्काई ग्लास स्विङ ब्रिजमा आन्तरिक तथा बाह्य पर्यटकहरुको ब्यापक घुइंचो लाग्न थालेको छ। उक्त सिसाको घुम्ने पुल सिङ्गल ट्रि हिल्सले नै संचालनमा ल्याएको हो। संचालनमा आएको १ हप्ता नहुँदै पर्यटकहरुको आकर्षणले गर्दा अब उक्त ठाउँ महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न पुगेको छ।

करिब ९ महिना समय लगाएर बनाइएको उक्त पुलमा १ करोड भन्दा बढी खर्च भएको संचालक सोम श्रेष्ठले जानकारी दिएका छन्। पुल ४२ फिट लामो र ७ फिट चौडा रहेको छ। अहिलेको युवाहरुको आकर्षण टिकटकमा भएका कारण संचालक श्रेष्ठले टिकटकलाई पनि प्रचारको माध्यम बनाएका छन्। यस स्काई ग्लास स्विङ ब्रिजमा टिकटक बनाउन, बर्थडे सेलिब्रेट, फोटो भिडियो खिच्न सक्नेछन्। त्यसैगरी बुबा आमा संग आउने बालबच्चाहरुलाई भने टिकटको ब्यबस्था गरिएको छैन। ब्रिज नेपालमै पहिलो पटक विद्युतबाट चल्ने स्विङ ब्रिज हो। काठमाडौं लगायत अन्य थुप्रै जिल्लाबाट आन्तरिक तथा बाह्य पर्यटकहरुले फोन गरेर नै आउने गरेको श्रेष्ठले बताए । यो पुलबाट एकदिनमा ४ सय देखि ५ सय जनाले मनोरंजन गर्दै दृश्य अवलोकन गर्न सक्ने छन्।

May be an image of 1 person, bridge and sky

पहिले विदेशको दृश्यहरु देखेर नेपालीहरु लोभ्भिने गर्थे र त्यहाँ पुग्न लामो प्रयासहरु पनि गर्थे तर अब त्यस्ता दृश्यहरु आफ्नै देशबाट नियाल्न पाउने भएका छौं। सिङ्गल ट्रि हिल्समा बनेको यो पुल आफैँमा सुन्दर छ । पुलको दाया र बायामा हरियाली बनजंगलले साथ दिएको छ भने अगाडी पट्टि बाट उपत्यकाका बस्तीहरूलाई हेर्न सकिन्छ।

May be an image of 1 person
May be an image of 1 person

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -