Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:१७ दिउँसो
- ADVERTISEMENT -

टिकटकमा भिडियो भाइरल कसरी बनाउने ? हेर्नुस् यी ५ टिप्स

प्रकाशित मिति: २०७९ चैत २६, आइतबार

599
Shares

काठमाडौं

पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ ।

यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका लागि केही टिप्स उपयोगी हुन सक्छन् ।

१. ह्यासट्यागको प्रयोग गर्नुहोस् स् टिकटकमा आफूले अपलोड गरेको भिडियो धेरैभन्दा धेरै मानिसले देखुन् भन्ने चाहनुहुन्छ भने खास ह्यासट्याग प्रयोग गर्नुहोस् । पछिल्लो समय ट्रेण्डिङ भइरहेका ह्यासट्याग प्रयोग गर्दा टिकटकमा तपाईंले राख्ने भिडियो धेरैभन्दा धेरै मानिसको स्क्रिनमा देखिन्छ । यसले तपाईंलाई आफ्ना प्रतिस्पर्धीका बारेमा बुझ्न पनि सहयोग गर्छ । आगामी दिनमा अझै सिर्जनात्मक भिडियो कसरी बनाउने भन्ने बारेमा जान्न पनि सहयोग पुग्छ ।

२. लामो भिडियो बनाउन क्तष्तअज फिचरको प्रयोग गर्नुहोस् स् यो फिचरले ट्वीटरमा धेरैवटा भिडियोलाई एकापसमा गाँसेर लामो भिडियो बनाउन सहयोग गर्छ । खासगरी लामो खालका कथाहरु भन्न, स–साना मुभीहरु राख्न वा लामो खालका प्रशिक्षणमूलक भिडियोहरु राख्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले गाँस्न चाहेको भिडियोमा क्तष्अज बटनमा ट्याप गरेर अन्य जोड्न क्लिपहरु छानेर लामो भिडियो बनाउन सकिन्छ ।

३. भिडियोमा फिल्टर तथा इफेक्टको प्रयोग गर्नुहोस् स् तपाईंलाई यदि टिकटकमा आफ्नो भिडियोलाई अझै प्रभावकारी बनाउने मन छ भने टिकटकमा उपलब्ध तमाम खालका फिल्टर तथा इफेक्टहरुको प्रयोग गर्न सक्नुहुन्छ । यस्ता फिल्टर तथा इफेक्टले टिकटक भिडियोलाई थप सिर्जनात्मक र प्रभावशाली बनाउन सहयोग गर्छन् । भिडियोमा फिल्टर तथा इफेक्ट हाल्न स्क्रिनमा देखिने ँष्तिभचक तथा भाभअतक बटनमा थिचेर आफूलाई मनपर्ने प्रकार छान्न सकिन्छ ।

४. भिडियोमा स्टिकर तथा टेक्स्ट थप्नुहोस् स् तपाईंले टिकटकमा अपलोड गर्ने भिडियोका बारेमा जति प्रष्टसँग जानकारी दिनुभयो दर्शकलाई उति नै फाइदा पुग्छ । त्यसैले आफ्नो टिकटक भिडियोलाई धेरैभन्दा धेरैले हेरुन् वा जानकारीमूलक होस् भन्ने चाहनुहुन्छ भने त्यसमा टेक्स्ट तथा स्टिकर थप्न सक्नुहुन्छ । सन्दर्भका बारेमा जानकारी दिन, क्याप्सन हाल्न तथा कुनै सन्देश प्रवाह गर्न तपाईंले टेक्स्ट प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै भिडियोलाई फन्नी बनाउन वा विषयवस्तुसँग मिल्ने सिर्जनात्मक कुरा थप्न स्टिकर राख्न सकिन्छ ।

५. ड्वेट फिचरको प्रयोग गर्नुहोस् स् टिकटक प्लेटफर्ममा आफ्नो एक्सपोजर बढाउन अन्य टिकटक प्रयोगकर्तासँगको सहकार्य निकै महत्वपूर्ण हुन्छ । अरु प्रयोगकर्तासँग सहकार्य गर्दा उसका दर्शकलाई पनि आफूतिर तान्ने र नयाँ फलोअर्स थप्ने मौका हुन सक्छ । टिकटकमा खासगरी ड्वेट तथा रियाक्सन भिडियो बनाएर अन्य प्रयोगकर्तासँग सहकार्य गर्न सकिन्छ । टिकटकको म्गभत फिचरको सहयोगमा कुनै पनि अरु प्रयोगकर्तासँग स्क्रिन विभाजित गरेर युगल भिडियो बनाउन सकिन्छ । खासगरी रियाक्सन भिडियो, कमेडीका साथै कुनै सांगीतिक भिडियो तयार गर्न यो फिचर निकै उपयोगी हुन्छ । यसका लागि तपाईंले आफूले ड्वेट बनाउन चाहेको भिडियोमा गएर म्गभत बटनमा ट्याप गरेर आफ्नो भिडियो सुरु गर्न सक्नुहुन्छ । एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -