Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:४७:३८ बिहान
- ADVERTISEMENT -

राजतन्त्र पुनस्र्थापनाका लागि बृहत्त शक्ति प्रदर्शनको आयोजना

प्रकाशित मिति: २०७५ चैत १७, आइतबार

1144
Shares

काठमाडौँ, १७ चैत्र २०७५ । शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत्त शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको हो ।

आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनस्र्थापनाको माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा बृहत्त प्रदर्शन गर्न लागिएको अध्यक्ष पशुपति खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने जिकिर गर्नुभयो । उहाले भन्नुभयो,‘मैले यो कुरा पहिलेपनि भनिसकेको छु, अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन् । मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन् । शाही युवा शक्ति विगत एक दशकदेखि राजतन्त्रको माग गर्दै सडक संघर्षमा छ । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’

खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप लगाए । उनले थपे,‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनस्र्थापनाको आन्दोलनमा जुटेका छौं ।’

उहाले चैत २१ गतेको बृहत्त शक्ति प्रदर्शनको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा शाही युवा शक्ति, नेपालका केन्द्रिय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रिय सदस्यहरु प्रदीप सिंह थापा र राजकुमार महर्जन, र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्कीलगायतले राजतन्त्र पुनस्र्थापनाको बारेमा आफ्नो धारणा राखेका थिए । उनीहरुले चैत २१ गते आयोजना गरिने बृहत्त शक्ति प्रदर्शनको लागि आजैबाट घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -