Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५१:२५ बिहान
- ADVERTISEMENT -

१६ वटा परियोजनामा सहमति, यस्ता छन् परियोजना र लगानीकर्ता

प्रकाशित मिति: २०७५ चैत १६, शनिबार

1218
Shares

काठमाडौं, चैत १६, २०७५ । अन्तराष्ट्रिय लगानी सम्मेलनमा सरकारले सोचेभन्दा बढि परियोजनामा पारम्भिक सम्झौता भएको छ ।

सरकारले सम्मेलनपूर्व १२ वटामा सहमति हुने बताएपनि सम्मेलनको अन्तिम दिन १६ वटा परियोजनामा प्रारम्भिक सहमति भएको हो । १६ वटा परियोजनामध्ये एउटामा हस्ताक्षर हुन बाँकी छ भने १५ वटामा हस्ताक्षर भएको छ ।

१५ परियोजना

युएईको सर्राफ ग्रुप होटलले चौधरी ग्रुपसँग साझेदारी गर्ने भएको छ । यस्तै चौधरी ग्रुप र ट्रकसेल कम्पनीबीच मोबाइल सेवामा लगानी गर्ने सहमति भएको छ ।

सोलार परियोजनाका लागि प्रदेश २ र चौधरी ग्रुपबीच समझदारी जुटेको छ । यस्तै एक कोरियन कम्पनीले ६ सय १५ मिलियन अमेरिकी डलरमा २ सय ६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । सतलज ग्रुप तथा नबिल बैंक, एभरेष्ट बैंक र भारतको स्टेट बैंकबीच ९ सय मेगावाटको अरुण तेस्रो बनाउने सम्झौता भएको छ ।

नेपालको हाइड्रो सलुसन र चीनको युनान्स हाइड्रोबीच १ सय ६४ मेगावाटको कालिगण्डकी गर्ज बनाउने प्रारम्भिक सम्झौता भएको छ । यस्तै अन्तर्राष्ट्रिय वित्त निगम आइएफसी र विशेष आर्थिक क्षेत्र प्राधिकरण सेजबीच सिमरा सेज पीपीपी मोडलमा बनाउने समझदारी जुटेको छ ।

सिन्सियर कन्सल्टेन्सी र हिमालयन बुटिक रिसोर्ट बनेपाबीच साझेदारी हुने भएको छ । यस्तै गैरआवासीय नेपाली एनारएनए ले जुनसुकै परियोजनामा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ बराबरको कोष बनाउने भएको छ ।

नेपालको एक कम्पनी र भारतको नेश्नल कोल्याट्रलबीच ग्रीन वेयरहाउस बनाउन सम्झौता भएको छ । पूर्वाधार विकासमा साझेदारी गर्न नेपाल निर्माण व्यवसायी र म्यानमारको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कोअपरेशनबीच सम्झौता भएको छ ।

युनाइटेड फाइनान्स र भारतको मुटहूट ग्रुपबीच ४० करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र लगानी बोर्ड अफ्रिकाबीच लगानी जुटाउन समझदारी जुटेको छ । अपी पावर नेपाल र युकेको कोर्डिनग्रुपबीच पनि १८ मेगावाटको सोलार, ढेड मेगावाटको हाइड्रोपावर र १० मेगावाटको हावाको बिजुलीका लागि सम्झौता भएको छ ।

लगानी सम्मेलनमा डोल्मा हिमालयज इनर्जी ग्रीन फन्डमा ५० मिलियन अमेरिकी डलर जम्मा गर्ने सम्झौता पनि भएको छ । यो सम्झौतामा हस्ताक्षर भने हुन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -