काठमाडौं- नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्तालाई पार्टी महामन्त्री गगन थापाले भेटेका छन्। नाराबाजीसहित धर्ना दिइरहेका उनीहरुलाई गगनले भेटेर माग सम्बोधनका लागि आफूले पहल गर्ने बताएका छन्।
महामन्त्री थापा पार्टीको कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगेका थिए। नेविसंघका कार्यकर्ताको नाराबाजीले कांग्रेस पार्टी कार्यालय परिसरको अवस्था तनावग्रस्त बनेको छ।
नेविसंघ सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्नुपर्ने, उनले गरेको सम्पूर्ण काम खारेज गर्नुपर्ने र १३ औं महाधिवेशन सुनिश्चित गर्नुपर्ने माग राखेर नेविसंघका कार्यकर्ता धर्नामा बसेका हुन्।








































