Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५७:०१ बिहान
- ADVERTISEMENT -

जापान उडान दुई महिना लाग्ने

प्रकाशित मिति: २०७५ चैत १०, आइतबार

991
Shares

काठमाडौँ, चैत १० गते । प्राविधिक कारणले अलमलमा परेको नेपाल वायुसेवा निगमको जापान उडान करिब निश्चित भएको छ । दुई देशका उच्च व्यवस्थापकको यसै हप्ताको छलफलपछि जापान उडानको प्रक्रिया अन्तिम चरणमा पुगेको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो ।

शुरुमा जापानको ओसाका उडानको तयारी गरिरहेको निगमका लागि त्यहाँको ग्राउन्ड ह्यान्डलिङ कम्पनी सीकेटीएसले अनुमति नदिएपछि त्यहाँको उडान अनिश्चित बन्न पुगेको थियो तर नेपाल र जापानका प्रतिनिधिबीचको वार्ता सकारात्मक भएपछि ह्यान्डलिङको सुविधा पाउने निश्चितजस्तै भएको उहाँले बताउनुभयो ।

वार्तामा भएको सहमतिअनुसार निगमले जापानको नागरिक उड्डयन ब्यूरोलाई आवश्यक कागजात उपलब्ध गराइसकेको छ । सम्भवतः आगामी हप्ता ग्राउन्ड ह्यान्डलिङको विषय औपचारिक रूपमा टुङ्गो लाग्ने कोइरालाले जानकारी दिनुभयो । यो विषय टुङ्गो लागे पनि जापान उडानको अनुमतिका लागि निगमले नियमानुसार ४५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । कहिलेकाहीँ १०–१५ दिनमै पनि अनुमति पाउन सक्ने अवस्था रहन्छ, उहाँले भन्नुभयो । जापानबाट अनुमति पाएपछि उडानसम्बन्धि मार्केटिङलगायतका तयारी गर्दा करिब एक महिना लाग्न सक्ने उहाँले बताउनुभयो । यो सबै प्रक्रिया पूरा गर्दा उडान शुरु हुन कम्तीमा दुई महिना लाग्ने अवस्था रहेको उहाँले जानकारी दिनुभयो ।

जापानले शुरुमा ओसाका विमानस्थलमा हप्तामा दुईवटा उडानको योजना बनाएको छ । त्यसपछि नारिता विमानस्थलमा पनि उडान गर्ने निगमको तयारी छ । नारितामा उडानका लागि ग्राउन्ड ह्यान्डलिङको अनुमतिका लागि आवश्यक तयारी भइरहेको कोइरालाले जानकारी दिनुभयो । ओसाकामा कागजात बुझाइसकेपछि नारिताका लागि कागजात पाठउने काम गर्छौं, उहाँले भन्नुभयो । नारितामा पनि हप्तामा दुई उडान गर्ने निगमले जनाएको छ । करिब १२ वर्षअघि जापान उडान बन्द हुनुभन्दा पहिले निगमले ओसाकामा उडान गर्दै आएको थियो । उक्त विमानस्थलमा पहिले पनि उडानको अनुभव रहेकोले सहज हुने जापानको नागरिक उड्डयन ब्यूरोको सुझावलाई पनि मध्यनजर गर्दै ओसाकामा पहिले उडान गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । ओसाका उडानको केही समयपछि मात्रै नारिता उडान हुने उहाँले जानकारी दिनुभयो ।

गोन्झोउ पनि अन्तिम चरणमा
निगमले चीनको गोन्झोउमा समेत उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यसअघि गोन्झोउ उडानमा प्राप्त ग्राउन्ड ह्यान्डलिङको सुविधाको अवधि समाप्त भएकाले त्यसको नवीकरणको तयारी भइरहेको कोइरालाले जानकारी दिनुभयो । त्यसको अनुमतिका लागि आवश्यक कागजातको अहिले समीक्षा भइरहेको उहाँले बताउनुभयो । गोन्झोउमा कागजात पठाइसकेपछि त्यहाँको नियमानुसार उडान अनुमतिका लागि ३० दिनको समय लाग्छ । गोन्झोउ र जापानको ओसाका उडान करिब एउटै समयमा हुने अनुमान निगमले गरेको छ ।

लामो दूरीको उडानका लागि निगमले यसै वर्षको जेठ र साउनमा नेपाल भिœयाएका दुईवटा वाइड बडी एयरबस जापानमा उाडन अनुमति नपाउँदा छोटो दूरीका दुबई र साउदी अरबमा सीमित हुन पुगेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -