Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०८:०३ बिहान
- ADVERTISEMENT -

राष्ट्रपति निर्वाचनः राजनीतिक दलले उम्मेदवार टुंगो लगाउँन सकेन्

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

307
Shares

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति नजिक्दै जाँदा राजनीतिक दलका शीर्ष नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । सर्वाधिक चासो र चर्चाको बिषय बनेको राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरुले अझै उम्मेदावर टुंगो लगाउँन सकेका छैनन् ।

आ–आफ्नै रणनीति अनुसार छलफलमा जुटेका राजनीतिक दलका शीर्ष नेताहरुका बीचमा कुनै सहमती हुन नसक्दा उम्मेदवारको टुंगो लाग्न नसकेको हो । सत्तारुढ दलका साथै प्रतिपक्षी दलहरुले समेत उम्मेदवार टुंगो लगाउँन सकेका छैनन् ।

निर्वाचन आयोगले २५ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरिसकेको छ । निर्वाचन मिति नजिक्दै जाँदा समेत राजनीतिक दलहरुले सहमती जुटाउँनमै कसर गरिरहेका छन् । शीर्ष नेताहरुको दौडधुप तथा भेटघाटले तिब्रता पाएको छ । ‘सामुहिक’ एवं ‘वान टु वान’ छलफलमा नेताहरु जुटेका छन् ।

यसैबीच राष्ट्रपतिको निर्वाचन सहित समसामयिक राजनीतिको ’boutमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बीचमा बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘वान टु वान’ छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा राष्ट्रपति निर्वाचनमा सहमती जुटाउँने प्रयास भए पनि असफल भयो । बालुवाटार स्रोतका अनुसार माओवादी केन्द्रको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतीमै गर्नुपर्ने दोहोर्याए ।

तर एमाले अध्यक्ष ओलीले सरकार गठन अघि भएको सहमती अनुसार एमालेले राष्ट्रपति पाउँने कुरामा सत्तारुढ दलहरुले यताउती गर्न नहुने अडानमा अडी कसेका छन् । प्रधानमन्त्री प्रचण्डले कम्तिमा दुई दलका बीचमा सहमती हुने नाम अघि सार्नुपर्ने प्रस्ताव गरेका छन् । तर ओलीले पूर्व सहमती अनुसार एमालेले नै अघि सारेका व्यक्ति ने राष्ट्रपति हुनुपर्ने अडान दोहोर्याएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बीचमा ‘वान टु वान’ छलफल, दुबै नेता आ–आफ्नै अडान भएकाले जुटेन सहमती

‘प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कमरेड दुबै आ–आफ्नै अडानमा अडिग हुनुभएको छ । उही पुरानै कुरा दोहोर्याएर घण्टौं छलफल गर्नुभयो तर सहमती केही जुटन सकेन्’ ति स्रोतले भन्यो, ‘यस ’boutमा फेरी भोली (शुक्रबार) छलफल गर्ने भन्दै कमरेडहरु उठनुभयो ।’

शीर्ष दुई नेताले राष्ट्रपति निर्वाचनको बिषयमा सहमती जुटाउँने प्रयास जारी राखिरहेकै बेला माओवादी केन्द्र र एमालेका अन्य नेताहरुको अभिव्यक्ति फरक–फरक ढंगले सार्वजनिक भईरहेको छ । दुबै दलका नेताहरु आफ्नै किसिमले अगाडी बढने संकेत गरेका छन् ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । अहिले राष्ट्रिय सहमतिको आवश्यकता रहेकाले प्रमुख विपक्षीलाई समेत सम्बोधन गर्नुपर्ने उनले बताए ।

राष्ट्रपतिको उम्मेदवारको विषयलाई लिएर सत्तारुढ गठबन्धनका दल एमाले र माओवादी केन्द्रबीच अविश्वास बढिरहेका बेला माओवादीका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले कांग्रेसलाई समेत जोड्नुपर्ने बताए । श्रेष्ठले सरकारलाई प्राप्त राष्ट्रिय सहमतिको अवस्थालाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका हुन् ।

‘हाम्रै नेतृत्वमा राष्ट्रिय सहमति कायम भएको छ । राष्ट्रपति चयन गर्दा त्यो परिस्थितिलाई समेत सम्बोधन गर्न उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो । त्यसो हुँदा प्रमुख प्रतिपक्षलाई समेत विश्वासमा लिएर उहाँहरुलाई पनि सम्बोधन गर्नेगरी राष्ट्रिय सहमतिको वातावरणलाई अझ सुदृण गर्ने गरी अगाडि बढ्नु राष्ट्रपति चयनका सन्दर्भमा पनि सान्दर्भिक हुन्छ भन्ने हाम्रो धारणा हो । त्योभन्दा बढी हामीले केही भनेका पनि छैनौं र हाम्रो चाहना पनि छैन’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

उनले कसैले भत्काउन चाहेर मात्रै गठबन्धन नभत्किने तर सत्तारुढ दलका आपसी व्यवहारमा पनि त्यो भरपर्ने बताए । सत्तागठबन्धनबीच सुदृढ सम्बन्ध हुनका लागि प्रतिगमनलाई कुनै पनि हालतमा अघि बढ्न नदिने राष्ट्रियताको रक्षा, सुरक्षा र बाँकी सुशासनका काममा सबैको उत्तिकै प्रतिबद्ध हुनुपर्ने बताए ।

तर एमालेका सचिव लेखराज भट्टले सत्तारुढ गठबन्धनमा भएको सहमति अनुसार नै राष्ट्रपति चयन हुने बताए । एमाले चचिव भट्टले गठबन्धनको सहमतिअनुसार एमालेकै उम्मेदवार राष्ट्रपतिमा चयन हुने दाबी गरेका छन् ।

‘अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर गठबन्धन के हुन्छ ? भन्ने आम मानिसलाई चासो छ । राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ’ एमाले सचिव भट्टले भने, ‘पार्टीले सबैलाई मान्य हुनेगरी उपयुक्त उम्मेदवार उठाउँछ । गठबन्धन कायम रहन्छ ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको अर्थ सबै दलको भावनाको प्रतिनिधित्व हुने राजनीतिक व्यक्ति भएको बताउँदै भट्टले एमालेले पनि सोहीअनुसार उम्मेदवार बनाउने जिकिर गरेका छन् । राष्ट्रपति चुनावलाई लिएर गठबन्धन भत्किने सम्भावना नरहेको दावी उनले गरे । राजधानीदैनिकबाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -