Opens in a new tab
२०८३ मंसिर ७, आइतबार
८:५६:५७ बिहान
- ADVERTISEMENT -

कांग्रेसको अनुशासन, निर्वाचन र पार्टी नियमावली समिति गठन

प्रकाशित मिति: २०७५ चैत ५, मंगलबार

991
Shares

काठमाडौँ, २०७५ चैत्र ५ गते । केन्द्रीय महाधिवेशन भएको ३ वर्षपछि कांग्रेसले अनुशासन, निर्वाचन र पार्टी नियमावली समिति गठन गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी कार्यलयमा आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको तीनवटा महत्वपुर्ण निकायलाई पुर्णता दिएको हो । संस्थापन र इतर पक्षवीच समिति चयनमा विवाद भएपछि लामो समय देखि केन्द्रीय समिति बैठक नै प्रभावित भएको थियो ।

केन्द्रीय समितिको आज सम्पन्न बैठकले समिति सदस्यहरुको नाम सर्वसम्मत रुपले अनुमोदन गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । केन्द्रीय समिति बैठकले अनुशासन समितिमा भिष्मराज आङ्देम्बेको संयोजकत्वमा देवेन्द्रराज कँडेल, किशोरसिंह राठोर, धनराज गुरुङ र उमाकान्त चौधरीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । यस्तै निर्वाचन समितिमा राधेश्याम अधिकारीको संयोजकत्वमा एकराज पोखरेल, खम्व बहादुर खाती, सिताराम केसी र गोपाल कृष्ण घिमिरे चयन भएका छन् ।

बैठकले पार्टीको नियमावली समितिमा रमेश लेखको संयोजकत्वमा मिन विश्वकर्मा, इश्वरी न्यौपाने, जिवन परियार र प्रदिप पौडेलको नाम अनुमोदन गरेको हो । पदाधिकारी र सदस्यहरु स्वत : महाधिवेशन प्रतिनीधि हुने विषयमा भने वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय समिति बैठकमा नोट अफ डिसेन्ट लेखेको छ । महासमिति बैठकमा सदस्यहरुले उठाएको माग संस्थापन पक्षले पुरा नगरेको भन्दै विरोध गरिएको पौडेलले बताउनुभयो ।

यसअघि कांग्रेसका ५६ जिल्ला सभापतिहरुले समेत महासमिति बैठकमा आएको सुझाव अनुसार पदाधिकारी र सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने भन्दै सभापति शेर वहादुर देउवाको ध्यानाकर्षण गराएका थिए । संस्थापन पक्षले भने पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनीधि हुने गरि केन्द्रीय समितिबाट विधान बहुमतले पारित गरिसकेको छ । नेविसंघको विषयमा भने केन्द्रीय समितिको आजको बैठकले कुनै निर्णय गरेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -