सत्तारुढ नेकपा एमालेका एक सांसदले बालाजु र गोंगबु क्षेत्रमा सोमवार भएको घटनाबारे संसदमा गृहमन्त्रीको जवाफ माग गरेका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद सूर्य थापाले बालाजु घटना सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।
‘बालाजुको गोंगबु क्षेत्रमा आगजनी र लुटपाट भएकोबारे गृहमन्त्रीबाट यो सदनमा जानकारी गराउन माग गर्न चाहन्छु । सदन बेखबर बस्न मिल्दैन । सभामुखमार्फत सदनमा ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद थापाले भने ।
सोमवार गोंगबुको ल्होत्से मलमा लुटपाट भएको थियो । गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले राखेका छन् ।








































