Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१२:३८ बिहान
- ADVERTISEMENT -

गैरसांसदको रुपमा रविलाई गृहमन्त्री बनाईए संसद् चल्न दिँदैनौं : रामहरि खतिवडा

प्रकाशित मिति: २०७९ माघ १६, सोमबार

456
Shares

काठमाडौं, १६ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले देशमा कोही नभएजस्तो रवि लामिछानेलाई फेरि गृहमन्त्रीबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाग्नु नहुने बताएका छन् । उनले लामिछानेलाई गैरसांसदको रुपमा गृहमन्त्री बनाउनएमालेले दबाब दिनु गलत भएको पनि टिप्पणी गरेका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले प्रधानमन्त्री दाहाललेएमालेको दबाबमा गैरसांसद लामिछानेलाई गृहमन्त्रीमा नियुक्त गरे संसद् चल्न नदिने चेतावनी दिएका छन् ।

‘भर्खरै सबै पद खारेज भएको मानिसलाई देशमा कोही नभएजस्तो गृहमन्त्री बनाउनु प्रचण्ड लाग्नुहुन्छ भन्ने लाग्दैन । यो त कहीं नभएकोजात्रा हाँडीगाउँको जात्रा भनेजस्तो भैहाल्यो नि । यो जनमतको उपहास र कानुनी राज्यको सरासर अपमान हुन्छ । यो देशमा सबैभन्दाविवादित व्यक्ति नै रवि लामिछाने हो जसले आफूलाई ढाँट्यो, देशलाई ढाँट्यो, राष्ट्रपति र प्रधानमन्त्रीलाई ढाँट्यो । यो भन्दा निर्लज्जताकेही हुनै सक्दैन । यसरी दिनदहाडै कानुनलाई धज्जी उडाउने काम गर्नुहुँदैन,’ नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपालीबहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने ।

सांसद खतिवडाले केपी ओली, कमल थापा र रवि लामिछाने देउतालाई पनि ढाँट्ने मान्छे भएको आरोप पनि लगाए । उनले भने, ‘केपीओली त सुरुदेखि नै संविधान च्यात्न लागिरहनुभएको छ । जहिले पनि गलत तत्वको संरक्षण गर्न चाहनुहुन्छ । जनमतको उपहास गर्नलागिरहनुभएको छ । अब उहाँको इच्छा पूरा हुन सक्दैन । पर्सि संसदमा म यो कुरा उठाउँछु । केपी ओली, कमल थापा र रवि लामिछानेदेउतालाई पनि ढाँट्ने मान्छे हुन् ।’

रवि लामिछानेले सीआईबीदेखि सम्पत्ति शुद्धीकरण आयोगमा निवेदन दिएर जाली नागरिकता, दोहोरो नागरिकता र सम्पत्तिको छानबिनगराएर मात्र राजनीतिमा फर्कनुपर्ने उनले औंल्याए । खतिवडाले भने, ‘अब फेरि आमा, मलाई त्यही केटी चाहिन्छ भन्ने शैलीमा गृहमन्त्रीचाहिन्छ भन्नु हुँदैन । नयाँ शक्तिका रुपमा उदाएको रविको दलले पनि गृहमन्त्रालय हाम्रै हो भन्ने दाबी गर्नुहुँदैन । यस्तै हो भने त रविजीलेहस्ताक्षर गरेर बनाएका सांसदका बारेमा पनि प्रश्न उठ्न सक्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -