Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२७:५२ बिहान
- ADVERTISEMENT -

कर्णाली प्रदेशको प्रतिनिधिसभामा नेकपा एमाले ‘नील’

प्रकाशित मिति: २०७९ मंसिर ९, शुक्रबार

202
Shares

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । हाल मुगु, कालिकोट र हुम्लामा मत गणना जारी छ । जारी मत गणना रहेका स्थानमा पनि एमाले उम्मेदवार पछि छन् ।

मत गणना जारी रहेका क्षेत्रमा यदि कुनै चमत्कार नभए ती क्षेत्रमा पनि एमालेले हार बेहोर्ने निश्चित छ । यदि त्यसो भए प्रतिनिधि सभाको प्रत्यक्षतर्फ सिङ्गो कर्णाली प्रदेशमा एमालेको उपस्थिति नहुने निश्चित छ ।

हालसम्म समाजवादीबाट सल्यानमा प्रकाश ज्वाला, डोल्पाबाट धनबहादुर बुढाले जितेका छन् भने मुगुमा जारी मत गणनामा काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही ठकुरीले अग्रता लिएका छन् ।

त्यस्तै जुम्लामा राप्रपाका ज्ञानेन्द्र बहादुर शाही निर्वाचित भैसकेका छन् भने कालिकोट र हुम्लामा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र बहादुर शाही र छिरिङ डम्डुल लामा फराकिलो मतान्तरसहित अग्रता बनाइरहेका छन् । जाजरकोटमा माओवादीकै शक्ति बस्नेत निर्वाचित भएका छन् भने दैलेख १ मा समाजवादीका अम्बरबहादुर थापा तथा २ मा काँग्रेसका दिक्पाल शाही र एमालेका लक्ष्मीप्रसाद पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । यो क्षेत्रमा दुवैको मतान्तर १५० को मतान्तर रहेपनि एमाले उम्मेदवार पछि छन् । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा काँग्रेसका पुर्णबहादुर खड्का र हृदयराम थानी निर्वाचित भैसकेका छन् ।

त्यस्तै रुकुम पश्चिममा माओवादीका जनार्दन शर्मा प्रभाकर निर्वाचित भैसकेका छन् । प्रतिनिधि सभाको अलवा प्रदेश तर्फ यो प्रदेशमा एमालेले २ सिट जितेको छ भने २ सिटमा अग्रता लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -