प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार प्रभु साहले रौतहट संसदीय निर्वाचन क्षेत्र ३ मा एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई उछिन्दै फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । साहले ओमप्रकाश जैसवालविरुद्ध ४ हजार बढी मतको अन्तरले प्रभु साह अग्रता कायम गरेका हुन ।
समाचार तयार पार्दासम्म क्षेत्र ३ मा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार साहले १९ हजार ६९७ मत प्राप्त गर्दा महागठबन्धनका उम्मेदवार ओमप्रकाश जैसवालले १४८६० र नेकपा माओवादीका रवीन्द्र पटेल ले ५६८४ मत प्राप्त गरेका छन् ।








































