आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौ क्षेत्र नं ६ मा बलिया उम्मेदवार बीच प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनका साझा उम्मेदवार पुर्ब रक्षा मन्त्री भिमसेन दास प्रधान , एमालेको तर्फबाट पुर्ब ए आई जि सर्बेन्द्र खनाल र कृषि पर्यटन यातायात र जैविक उत्पादन साथै निर्यातसंग सम्बन्ध मुद्दा बोकेका माटो सजिब सहितको किसान अभियन्ता राजेन्द्र खनाल चुनावी मैदानमा उत्रिएका छन् ।
विगत एघार बर्ष देखि देशलाई समृद्धि बनाउन र नागरिकलाई खुशी बनाउन विभिन्न अभियान बोकेका उम्मेदवार बौद्धिक ,सरल र सहनशील खनाल आम मतदाताले विकल्पका रूपमा बलिया ठानेका छन्।
जनताको जनजीवन र दैनिकीसंग प्रत्यक्ष सरोकारका मुद्दा बोक्ने उनि काठमाडौ क्षेत्र नं ६ का मतदातासंग आत्मीय ,नजिक र घुलमिल छ्न । पटकपटक जिम्मेवारी पाएका भिमसेन दास ,राज्यको प्रहरी प्रशासनको प्रमुख पद लिएका सर्बेन्द्र र स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट राजेन्द्र खनालको चुनावी भिडन्त हुने देखिन्छ।








































