Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२८:५२ बिहान
- ADVERTISEMENT -

गठबन्धनले जिते मुलुकमा विकास र समृद्धिले गति लिन्छ : दाहाल

प्रकाशित मिति: २०७९ कात्तिक २८, सोमबार

239
Shares

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन् ।

मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै दाहालले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताएका हुन् ।

पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार दाहालले जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताएका हुन् ।

‘गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ । यो देशमा राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन । जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि दिगो भएको छैन,’ उनले भने, ‘त्यसकारण गठबन्धनको सम्पूर्ण तागत विकास, समृद्धि, सुशासनका लागि लगाउने सहमति भएको छ ।’

दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफू मुलुकका विभिन्न जिल्लामा सँगै घुम्दा र एक्लाएक्लै जाँदा पनि गठबन्धनको पक्षमा जनमत देखिएको दाबी गरेका थिए ।

उनले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई जनमतसंग्रहको रूपमा ब्याख्या गरेका थिए । उनले भने, ‘यो पटकको निर्वाचन सामान्य निर्वाचन छैन । देश अगाडि लैजाने, शान्ति लाई टुंगोमा पुर्‍याउने, जनताको अधिकारलाई परिमार्जित र सुनिश्चित गर्ने या संविधान र देश पछाडि धकेल्ने भन्नेबीच प्रतिस्पर्धा हो ।’

पाँचदलीय गठबन्धनबाट लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -