नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी मंसिर ४ गतेपछि गठबन्धनको सरकार बन्ने दावी गरेका छन् ।
आज (बुधबार) मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् । उनले गठबन्धनको सरकारले मात्र मुलुकलाई निकास दिने जिकीर समेत गरे। अहिले विराटनगरमा देखिएको ढल, सडक निर्माण, खानेपानी र सिंचाई जस्ता समस्याबाट आजित सर्वसाधारणका समस्यालाई निराकरण गर्ने पनि उनको भनाइ थियो ।
कांग्रेस नेता कोइरालाले स्थानीय स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गरेर प्रभावकारी स्वास्थ्य सेवा प्रदायक संस्था बनाउने र जेष्ठ नगारिकलाई घर–घरमै स्वास्थ्य सेवा पुर्याउने आश्वासन समेत दिए।








































