Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:४५:०२ बिहान
- ADVERTISEMENT -

आफुले हार्ने पक्का भएपछि ओली राप्रपाको शरणमा परे : भुसाल

प्रकाशित मिति: २०७९ कात्तिक १५, मंगलबार

337
Shares

रुपन्देहीको क्षेत्र नं। १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् ।

नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’

एमालेलाई चाहिएर नभइ झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।

ओलीले संविधान च्यात्ने कोसिस गर्दा विरोधमा उभिएका सबै शक्ति पवित्र र संविधानको रक्षा गर्ने गठबन्धनका रुपमा स्थापित भएको उनको तर्क छ ।

रुपन्देहीको देवदह १० चरङगेमा सम्पर्क कार्यालय उद्‍घाटन गर्दै नेता भुसालले ओलीले आफू र केही सीमित एमालेका नेतालाई जिताउन राप्रपासँग चुनावी एकता गरेको पनि बताए ।

त्रिभुज चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेता भुसालले आफू पाँच दलीय गठबन्धनको मात्र नभएर समाजवादको यात्रामा रहेका एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताए । उनले भने, ‘म गठबन्धनको मात्र होइन मैले ४५ वर्षसम्म योगदान गरेको एमाले भित्रका समाजवाद उद्देश्य भएका सबै साथीहरुको म प्रतिनिधि हुँ ।’

नेता भुसालले ५ सय एमाले पार्टी सदस्यबाट अहिले ११ लाख पुर्याउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताए । समाजवाद उन्मुख एमाले नेता कार्यकर्ताले आफूलाई मत हालेर जिताउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार अब्दुल रज्जाकले स्थानीयको चाहना अनुसार विकास निर्माणका काम अघि बढाइएको भन्दै आगामी कार्यकालमा धेरै अधुरा आयोजनाहरु पुरा गरिने वचनबद्धता प्रकट गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -