कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले प्रधामन्त्री बन्ने इच्छा भएपनि तत्काल आफ्नो दाबी प्रधानमन्त्रीमा नरहेको बताएकी छिन् ।
दुई दिने जनकपुरधामको भ्रमणमा आएकी नेतृ राणाले सोमबार संचारकर्मीसँग जिज्ञासामा यस्तो धारणा व्यक्त गरेकी हुन् ।
राजनीतिमा लागेपछि जो कोहीको इच्छा प्रधानमन्त्री, मन्त्री बन्ने हुन्छ, उनले भनिन्,‘ मेरोमा पनि त्यो इच्छा हो । तर, म अहिले त्यसको दाबी गर्दिन । प्रधानमन्त्री हुन अनुभव चाहिन्छ, देश चलाउने सक्ने क्षमता चाहिन्छ, भने जस्तो सजिलो छैन ।’
आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलले राम्रो सिट ल्याउने उनले दाबी गरिन । संचारकर्मीको एक जिज्ञसामा उनले भनिन्,‘ गठबन्धन दलभित्र अव कुनै विवाद छैन । अधिकांश बागि उम्मेदवारहरु सहमतिमा आइसकेका छन् । भएकाले कुनै प्रभाव पार्न सक्दैनन् ।’
जनकपुरधामको छठ हेर्न र आफ्ना पार्टीका नेता तथा उम्मेदवारहरुसँग भेट्न जनकपुरधाम आएकी उनले जनकपुरधामको छठमा आफु पहिलो पटक सहभागि भई सुर्य देवतालाई पुजा गर्न सकेकोमा खुसि लागेको बताइन् । विश्व प्रसिद्ध जानकी मन्दिरलाई विश्व सम्पदाको सूचिमा राख्न पहल गर्ने उनको भनाइ थियो ।








































