नेपाली कांग्रेसले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सातै प्रदेशका संसदीय दलका नेता तथा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्रीहरूको संयुक्त बैठक बोलाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार आगामी वैशाख ६ गते आइतबारका लागि यो बैठक तय गरिएको हो। यद्यपि, बैठकको ठोस समय भने अझै निश्चित भइसकेको छैन।









































